|  

गाउँ गाउँमा स्वास्थ्य सेवा दिदै गजुरी ६ का वडाध्यक्ष तामाङ

२६ श्रावण २०८०, शुक्रबार ०६:०४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


धादिङको गजुरी गाउँ पालिका ६ नम्बर वडा कार्यलयले गाउँघर क्लिनिक मार्फल गाउँ गाउँमा स्वास्थ्य सेवा दिन थालेको छ ।

वडाको ३ स्थानबाट स्वास्थ्यकर्मि सहितको सेवा दिन थालेको हो । यसैविच विहिवार गजुरी गाउँपालिका वार्ड न.६ को स्याङ्गमै डाँडाँमा गाउँघर क्लिनिक मार्फत स्वास्थ्य सेवा शुरु गरेको छ ।

गजुरी ६ को स्वास्थ्य चौकीबाट सेवा दिदैँ आइरहेको तर सबै स्थानीयलाई त्यहाँ सम्म आउन बर्खाको कारण असहज भएकोले सहजको लागि गेदे भदौरे,बिसौनामा प्रत्येक महिनाको ५ गते ,जोगि बिसौनामा महिनाको १५ गते र स्याङ्गमै डाँडाँमा २५ गते सन्चालन गरेर सेवा दिन सुरु गरेको वार्ड अध्यक्ष भक्त बहादुर तामाङले बताउनुभयो।

२६ श्रावण २०८०, शुक्रबार ०६:०४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस