|  

गजुरी गाउँपालिकाको विज्ञप्ति : अल्पकालीन कर्मचारी व्यवस्थापनलाई भ्रम छर्ने काम भयो

३२ श्रावण २०८०, बिहीबार १३:१९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी गाउँपालिकाले आफ्नो मातहत रहेका करारका कर्मचारी सरुवा गरि विभिन्न विद्यालय तथा मतहतका कार्यलयमा खटाउने निर्णय सार्वजनिक गरे पछि सामाजिक संजालमा खैला बैला मच्चिएको छ । वास्तविकता नबुझी सामाजिक संजालमा अनेकौं खालका टिक टिप्पणी आउन थाले पछि गाउँपालिकाले एक विज्ञप्ति जारी गर्दै मातहतका कर्मचारीलाई अल्पकालीन व्यवस्थापन गरेको विज्ञप्तिमा उल्लेख गरेको छ । गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठद्वारा जारि गरिएको विज्ञप्तिमा मिति २०८० साल असार ३१ गते बसेका गाउँ कार्यपालिकाको बैठकको निर्णय अनुसार कर्मचारी व्यवस्थापन गरेको जनाएको छ । साथै सत्यतथ्य नबुझि सरकार विरोधीहरुले समाजमा भ्रम फैलाएको बताएको छन् ।
यस्तो छ गजुरी गाउँपालिकाले निकाले विज्ञप्ति

३२ श्रावण २०८०, बिहीबार १३:१९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस