|  

अविवाहित युवतीबाट जन्मिएको नवजात शिशु अस्पतालबाट गायब

३ भाद्र २०८०, आईतवार ०७:०१ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


अस्पतालबाट बच्चा आफूले जिम्मा नलिएको र प्रेमिकालाई लिएर इटहरीतिर गएको बताएको दाहालको भनाइ छ । उनका अनुसार बच्चा कहाँ पुर्‍याइयो भन्ने खुल्न बाँकी छ । ‘दुवै जना९चिकित्सक र गोविन्द०लाई सँगै राखेर सोधपुछ गर्न पाए वास्तविकता खुल्यो थियो,’ दाहाल भन्छन्, ‘चिकित्सक उपचाररत अवस्थामा रहेकाले त्यो सम्भव भइरहेको छैन ।’ विवाहपूर्व को सम्बन्धबाट जन्मिएको बच्चा गायब बनाइएको भनेर युवतीले कारबाहीको माग राख्दै चिकित्सक र प्रेमविरुद्ध किटानी जाहेरी दिएको उनले बताए । युवतीले मिलेमतोमा बच्चा गायब बनाइएकाले खोजी पाउँ भनेर माग पनि गरेकी छन् । उनले बच्चा नर्सहरूले लिएर गएको र त्यसपछि आफूले नदेखेको बताइन् । ‘बच्चा जन्मिएपछि नर्सहरूले लिएर गएको थाहा छ । अरू थाहा छैन,’ उनले भनिन्, ‘मैले जन्माएको बच्चा आजसम्म पाइन ।’ उनले गोविन्दसँग २ वर्षदेखि आफू प्रेम सम्बन्धमा रहेको र बिहे गर्ने योजनामा रहेको पनि सुनाइन् । पक्राउ परेका चिकित्सक र गोविन्दविरुद्ध व्यक्ति बेपत्ता पारेको कसुरमा आइतबार अदालतबाट म्याद थप गरेर अनुसन्धान सुरु गरिने प्रहरीले जनाएको छ । अस्पतालका अध्यक्ष कृष्ण खवासले अस्पतालमा ९ सय ५० ग्रामको बच्चा जन्मिएको बताए । ‘सामान्य प्रसूतिमार्फत बच्चा जन्मिएको हो । तौल कम र स्वास्थ्य अवस्था नाजुक रहेकाले उपचार गर्न सक्ने अवस्था भएन,’ उनले भने, ‘एनआईसीयूमा भर्ना गरेर उपचार गर्नुपर्ने अवस्था आएकाले ग्रीनक्रसबाट रेफर गरियो । सुविधा सम्पन्न अस्पतालमा लैजानु भनेर बच्चा अभिभावकलाई नै जिम्मा लगाएका हौँ ।’ खवासले उपचार हुन नसकेपछि रेफर गरिएको बच्चा कसले कता लग्यो भन्ने थाहा नभएको बताए । उनले अस्पतालबाट कुन चिकित्सकले रेफर गरेका हुन् र बच्चा जिम्मा लिने अभिभावक को हुन् भन्ने खुलाएनन् । ‘हामीले उपचारका लागि अन्यत्र लैजानु भनेर रेफर गरेका हौँ,’ खवास भन्छन्, ‘अरू कुरा थाहा भएन ।’

३ भाद्र २०८०, आईतवार ०७:०१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस