|  

गजुरीमा भदौ १० गते रक्तदान कार्यक्रम हुँदै

९ भाद्र २०८०, शनिबार ०८:४५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी बजारमा भदौ १० गते खुल्ला रक्तदान कार्यक्रम हुने
रगतकाे मागलाई परिपुर्ति गर्ने उदेश्यका साथ बृहत रक्त दान कार्यक्रमकाे आयोजना हुने भएकाे छ ।
“रक्त दान जीवन दान ” भने नारालाई आत्मसात गर्दै पछिल्लाे समय धादिङ जिल्ला लगायत विभिन्न क्षेत्रहरुमा बर्खाको कारण धेरै सवारी साधन दुर्घटना,बाढीपहिरो जाने जस्ता विभिन्न प्रखोपले गर्दा घाइतेहरुलाई रगतको अभाव हुन थालेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धादिङका सभापति दुर्लभ कुमार तामाङले बताए।
गजुरी गाउँपालिका वार्ड न.१ गजुरीमा रक्तदान कार्यक्रम पालैपालो विभिन्न संघसंस्थाले गर्दै आइरहेको र यसलाई निरन्तरता दिन सधैं अघि बढ्ने उदेश्यका साथ लागेको रुद्रेश्वर आमा समूहका अध्यक्षले बताउदै रक्तदान कार्यक्रमलाई सहज र वातावरण मैत्री बनाउन धादिङ जिल्ला रेडक्रस सोसाइटीको प्राविधिक सहयोग,ने.रे.सो.गजुरी उप-शाखा,सामुदायिक विकास समाज गजुरी,ने.रे.सो.युवा रेडक्रस सर्कल आदर्श बहुमुखी क्याम्पस गजुरीको सहयोगमा सन्चालन हुन लागेको आयोजकले बताउनुभयो।
२०८० भदौ १० गते गजुरी रुद्रेश्वर आमा समूहको आयोजनामा गजुरीको माछापुच्छ्रे बैंक अगाडि आदर्श बहुमुखी क्याम्पस चोकमा हुन गइरहेको बृहत् खुला रक्तदान कार्यक्रम बिहान १०: ०० देखि ४:०० बजे सम्म सन्चालन हुने गजुरी रुद्रेश्वर आमा समुहका अध्यक्ष सीता श्रेष्ठले जानकारी दिनुभयो।

९ भाद्र २०८०, शनिबार ०८:४५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस