|  

यौन औषधि पनि हाे, थाहा पाउनुहाेस् अनाैठाे लाग्ने पाँच तथ्य

७ आश्विन २०८०, आईतवार ०८:२८ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


हाम्रो समाजमा यौनबारे तुलनात्मक रूपमा खुलेर कमै चर्चा हुने गरेको देखिन्छ । यसमा हाम्रो सामाजिक संरचनाले पनि काम गरेको हुन सक्छ । प्रकृतिले नै यौनविना जीवनको चक्र असम्भवजस्तै बनाइदिएको छ । यौन सन्तान उत्पादनका लागि त हो नै साथै यसले सामिप्यता पनि बढाउँछ । आनन्द दिन्छ । सुरक्षित यौनले शरीरलाई फाइदा गर्ने विभिन्न अध्ययनले देखाइसकेका छन् ।

आज हामी यौन मानव शरीरका लागि किन आवश्यक छ भन्नेबारे जानकारी दिँदैछौँ ।

१. शारीरिक व्यायाम : यौन सम्पर्क एक राम्रो शारीरित कसरत हो । तर, शरीरका लागि यतिले मात्र पर्याप्त हुँदैन । यौन सम्पर्कलाई एक हल्का खालको व्यायामका रूपमा लिन सकिन्छ ।

२. रोग प्रतिरोधात्मक क्षमता बढाउँछ : एक अध्ययनले हप्तामा एकदेखि दुईपटकसम्म यौन सम्पर्क गर्दा ‘इम्युनोग्लोबिन ए’ बढ्ने देखाएको छ । जसले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । ‘इम्युनोग्लोबिन ए’ एक प्रकारको ‘एन्टिबडी’ हो, जसले रोग लाग्नबाट जोगाउँछ ।

३. मिठो निद्रा : यौनमा चरमोत्कर्षमा पुग्दा तपाईंको शरीरले ‘अक्सिटोसिन’ पैदा गर्छ । जसलाई ‘माया’ वा ‘सामिप्यता’को हर्मोन भनिन्छ । जसले तपाईंलाई आनन्द दिन्छ र निद्रामा सहयोग गर्छ । राम्रो निद्राले रोग प्रतिरोधात्मक क्षमता र आयु पनि बढाउँछ ।

४. टाउको दुखाइको औषधि : एक अर्को अध्ययनले यौन सम्बन्धित क्रियाकलापले माइग्रेनसहित टाउको दुखेको समस्या पूर्णदेखि आंशिक रूपमा निको गर्ने देखाएको छ । अध्ययनमा सहभागीमध्ये ६० प्रतिशतले यौनजन्य गतिविधिले माइग्रेनमा कमी आएको बताएका थिए भने ७० प्रतिशतले पूर्ण रूपमा निको भएको बताएका थिए । ९१ प्रतिशतले टाउको दुखिरहेका बेला गरिएको यौन गतिविधिले आंशिकदेखि पूर्ण रूपमा टाउको दुखेको बताएका थिए ।

५. मानसिक रूपमा फाइदै फाइदा : यौनजन्य गतिविधि (पार्टनरसँग वा हस्तमैथुन)ले मनोवैज्ञानिक र भावनात्मक रूपमा महत्त्वपूर्ण फाइदा गर्छ । यौनले तनावलाई कम गर्छ नै सम्बन्धलाई बलियो बनाउन पनि यौनको भूमिका महत्त्वपूर्ण हुन्छ । यौनले पार्टनरप्रति विश्वाससँगै सामिप्यता र माया पनि बढाउँछ । हेल्थलाइनबाट

७ आश्विन २०८०, आईतवार ०८:२८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस