|  

जाडो मौसममा कस्तो खानेकुरा खाने ?

२७ कार्तिक २०८०, सोमबार ०६:१० प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौँ । जाडो मौसम सुरु भएसँगै स्वस्थ रहनका लागि खानपानमा विशेष ध्यान दिनुपर्दछ । चिसो मौसममा व्यायाम र खानामा तालमेल मिलाउन सकियो भने स्वस्थ र शरीरलाई आराम पुग्छ । खानपान र व्यायाममा ख्याल गरिएन भने चिसो मौसममा शरीरमा पानी र क्यालोरी कम हुन्छ । जसले गर्दा विभिन्न रोगको संक्रमण सुरु हुन थाल्छ ।

चिसो मौसममा धेरैको बानी बिहान ढिला उठ्ने र एकैपटक खाना खाने बानी हुन्छ । तर त्यस्तो बानी स्वास्थ्यका लागि ठिक होइन । बिहान खाना खानुभन्दा अगाडी नै अण्डा, फलफूल, सलाद, ओट्स, ब्रेडस् र तातो दुध खाँदा स्वास्थलाई फाइदा पुग्छ ।

हरियो सागपातको धेरै प्रयोग
चिसो मौसममा तातो दाल, सुप सँगै हरियो सागपात र अचारहरु पनि खानुपर्छ ।

बेलुकाको खाना छिटै खाने
जाडो मौसममा राति जति छिटो खाना खाइन्छ त्यति नै शरीरलाई फाइदा गर्छ । तर दिउँसो खाइने खाजाभन्दा रातिको खाना हल्का हुनुपर्छ । रातको खानामा खिचडी र सादा खानाको प्रयोग राम्रो हुन्छ। राति सुत्नुअघि कमसेकम तीनरचार घण्टा पहिले खाना खाइसक्नुपर्छ। जसले शरीरको पाचनशक्ति बलियो बनाउँछ ।

सुत्‍नुअघि दुध
चिसो मौसममा सुन्नुभन्दा अघि तातो दुध खानु स्वास्थ्यका लागि राम्रो हुन्छ । तातो दुधमा वेसार वा अदुवा मिसाएर खानु अझै लाभदायी मानिन्छ ।

व्यायाम
जाडोमा बिहानको समयमा दिँनहु व्यायाम गर्न सकिँदैन् । हप्तामा एकदिन व्यायाम गर्नुपर्छ। व्यायाम गर्दा एक्लैभन्दा पनि साथीसँगै हुँदा प्रोत्साहन मिल्छ र गाह्रो महसुस कम गर्न सकिन्छ ।

भिटामिनको भरपुर प्रयोग
खानामा भिटामिन सिको मात्रा धेरै राखेमा चिसोबाट बच्नुका साथै रुघाखोकी लाग्दैन । भिटामिन डीको प्रयोगले हड्डीलाई बलियो बनाउने काम गर्छ। यसका साथै भिटामिन डीले भिटामिन ए, आइरन र क्याल्सियमको मात्रा पनि बढाउने काम गर्छ ।

२७ कार्तिक २०८०, सोमबार ०६:१०  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस