|  

घट्यो वाणिज्य बैंकहरुको ब्याजदर, कुन बैंकमा पैसा राख्दा कति ब्याज पाइन्छ ?

१ मंसिर २०८०, शुक्रबार ०८:३२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं। वाणिज्य बैंकहरुले मंसिर महिनाको लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। कात्तिक महिनाको अन्तिम दिन अर्थात आज प्रकाशित सूचना अनुसार वाणिज्य बैंकहरुले मंसिर महिनाका लागि ब्याजदर घटाएका हुन्।

मंसिर महिनाका लागि अधिकांश बैंकहरुले मुद्दती खाताको ब्याजदर घटाएर सार्वजनिक गरेका हुन् । बैंकहरुले घटाएको ब्याजदर मंसिर १ गतेदेखि लागू हुनेछ।

कात्तिकको तुलनामा मंसिरमा माछापुच्छ्रे बैंकले ब्याजदर बढाएको छ भने अधिकांश बैंकहरुको ब्याजदर घटेको छ । माछापुच्छ्रे बैंकले मंसिर महिनाका लागि १.११३ प्रतिशत ब्याजदर बढाएर ब्यक्तिगततर्फ १०.६०३ प्रतिशत र संस्थागततर्फ ८.६०३ प्रतिशत प्रदान गर्ने छ । यसअघि बैंकले कात्तिकमा ब्यक्तिगततर्फ ९.९९ प्रतिशत र संस्थागततर्फ ७.९९ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

नेपाल एसबिआई बैंकले ०.०९७ प्रतिशत घटाएर ब्यक्तिगततर्फ १०.६०३ प्रतिशत र संस्थागततर्फ ८.६०३ प्रतिशत तोकेको छ । यसअघि बैंकले कात्तिकमा ब्यक्तिगततर्फ १०.७ प्रतिशत र संस्थागततर्फ ८.७ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो।

हिमालयन बैंकले ०.४ प्रतिशत घटाएर ब्यक्तिगततर्फ १०.६०३ प्रतिशत र संस्थागततर्फ ८.६०३ प्रतिशत निर्धारण गरेको छ । कात्तिकमा बैंकले ब्यक्तिगततर्फ ११.००३ प्रतिशत र संस्थागततर्फ ९.००३ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो।

यस्तै, एनएमबि बैंकले मंसिरका लागि १.२४३ प्रतिशत घटाएर ब्यक्तिगततर्फ ९.७६ प्रतिशत र संस्थागततर्फ ७.७६ प्रतिशत प्रदान गर्ने छ । यसअघि बैंकले कात्तिकमा ब्यक्तिगततर्फ ११.००३ प्रतिशत र संस्थागततर्फ ९.००३ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

यस्तै, ग्लोबल आइएमई बैंकले मंसिरका लागि ०.४ प्रतिशत घटाएर ब्यक्तिगततर्फ ९.६ प्रतिशत र संस्थागततर्फ ७.६ प्रतिशत प्रदान गर्ने छ । यसअघि बैंकले कात्तिकमा ब्यक्तिगततर्फ १० प्रतिशत र संस्थागततर्फ ८ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

यस्तै, कृषि विकास बैंकले मंसिरका लागि ०.०४८ प्रतिशत घटाएर ब्यक्तिगततर्फ ९.५१२ प्रतिशत र संस्थागततर्फ ७.९१२ प्रतिशत प्रदान गर्ने छ । यसअघि बैंकले कात्तिकमा ब्यक्तिगततर्फ ९.७६ प्रतिशत र संस्थागततर्फ ७.७६ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले मंसिरका लागि ०.५ प्रतिशत घटाएर ब्यक्तिगततर्फ ९.५१ प्रतिशत र संस्थागततर्फ ७.५१ प्रतिशत प्रदान गर्ने छ । यसअघि बैंकले कात्तिकमा ब्यक्तिगततर्फ १०.०१ प्रतिशत र संस्थागततर्फ ८.०१ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

यस्तै, नबिल बैंकले मंसिरका लागि ०.९ प्रतिशत घटाएर ब्यक्तिगततर्फ ९.१ प्रतिशत र संस्थागततर्फ ७.१ प्रतिशत प्रदान गर्ने छ । यसअघि बैंकले कात्तिकमा ब्यक्तिगततर्फ १० प्रतिशत र संस्थागततर्फ ८ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

यस्तै, राष्ट्रिय वाणिज्य बैंकले ०.५ प्रतिशत घटाएर ब्यक्तिगततर्फ ९ प्रतिशत र संस्थागततर्फ ७ प्रतिशत प्रदान गर्ने छ । यसअघि बैंकले कात्तिकमा ब्यक्तिगततर्फ ९.५ प्रतिशत र संस्थागततर्फ ७.५ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

यस्तै, सानिमा बैंकले मंसिर महिनाका लागि ०.२२४ प्रतिशत घटाएर ब्यक्तिगततर्फ ९ प्रतिशत र संस्थागततर्फ ७ प्रतिशत प्रदान गर्ने छ । यसअघि बैंकले कात्तिकमा ब्यक्तिगततर्फ ९.२२४ प्रतिशत र संस्थागततर्फ ७.२२४ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

यस्तै, प्रभु बैंकले मंसिर महिनाका लागि ०.२२४ प्रतिशत घटाएर ब्यक्तिगततर्फ ९ प्रतिशत र संस्थागततर्फ ७ प्रतिशत प्रदान गर्ने छ । यसअघि बैंकले कात्तिकमा ब्यक्तिगततर्फ ९.२२४ प्रतिशत र संस्थागततर्फ ७.२२४ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

यस्तै, एभरेष्ट बैंकले मंसिरमा ०.२२४ प्रतिशत घटाएर ब्यक्तिगततर्फ ९ प्रतिशत र संस्थागततर्फ ७ प्रतिशत प्रदान गर्ने छ । यसअघि बैंकले कात्तिकमा ब्यक्तिगततर्फ ९.२२४ प्रतिशत र संस्थागततर्फ ७.२२४ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

यस्तै, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ०.२५ प्रतिशत घटाएर ब्यक्तिगततर्फ ८.९७ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत प्रदान गर्ने छ । यसअघि बैंकले कात्तिकमा ब्यक्तिगततर्फ ९.२२ प्रतिशत र संस्थागततर्फ ५.५५ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

यस्तै, एनआईसी एशिया बैंकले २.०३५ प्रतिशत घटाएर ब्यक्तिगततर्फ ८.९६८ प्रतिशत र संस्थागततर्फ ६.९६८ प्रतिशत प्रदान गर्ने छ । यसअघि बैंकले कात्तिकमा ब्यक्तिगततर्फ ११.००३ प्रतिशत र संस्थागततर्फ ९.००३ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

सिटिजन्स बैंक, सिद्धार्थ बैंक, लक्ष्मी सनराइज बैंक, कुमारी बैंक, प्राइम बैंक र नेपाल बैंकले ब्याजदर स्थिर राखेका छन् । सिटिजन्स बैंकले ब्यक्तिगततर्फ ९.९५ प्रतिशत र संस्थागततर्फ ७.९५ प्रतिशत, सिद्धार्थ बैंकले ब्यक्तिगततर्फ ९.९९ प्रतिशत र संस्थागततर्फ ७.९९ प्रतिशत, लक्ष्मी सनराइज बैंकले ब्यक्तिगततर्फ १० प्रतिशत र संस्थागततर्फ ८ प्रतिशत, कुमारी बैंकले ब्यक्तिगततर्फ १०.०१ प्रतिशत र संस्थागततर्फ ८.०१ प्रतिशत, प्राइम बैंकले ब्यक्तिगततर्फ १०.२५ प्रतिशत र संस्थागततर्फ ८.२५ प्रतिशत र नेपाल बैंकले ब्यक्तिगततर्फ ९.२२४ प्रतिशत र संस्थागततर्फ ७.२२४ प्रतिशत ब्याजदर तोकेका हुन् ।

१ मंसिर २०८०, शुक्रबार ०८:३२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस