|  

डोलभन्ज्याङ मा.वि.द्रारा बिजेता खेलाडीलाई सम्मान तथा पुरस्कार वितरण

५ पुष २०८०, बिहीबार ०७:५२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी गाउँपालिका वडा नम्बर ५ डोलभन्ज्याङ माध्यमिक बिद्यालय द्वारा आयोजित खेलाडी सम्मान तथा पुरस्कार बितरण कार्यक्रम सम्पन्न भएको छ।
बिधालय भनेको एउटा प्रतिभाको मुहान हो।किन कि जुन ठाउँमा बालबालिकालाई पढाई सगसगै शिक्षाका लागि अग्रसर गर्छ जुन ठाउँ पढाईको लागि अब्बल हुन्छ त्यो ठाउँमा पढाई पनि स्वच्छ हुन्छ।”
गजुरी गाउँपालिका जिल्लाकै पहिलो खेलकुदमा सहभागी भई नाम रचेको छ।त्यसैले यहाँ फड्लो मारेको छ।कबडी हल राख सगसगै गाउँपालिकाबाट खेलकुद पक्षिक्षक समेत राखेर अगाडि बढिरहेको जिल्ला खेलकुद समितिका अध्यक्ष प्रताप तामाङले बताए।

विद्यार्थीहरुको खुशी भनेको नै हाम्रो खुशी हो।खेलकुद क्षेत्रमा गर्नु पर्ने बिकास निम्ति खेलकुद सामाग्रीहरु,खेलमैदान निर्माण गर्नु परेमा प्रदेश सरकार मार्फत लेराउन पहल गर्ने र खेलकुदका बिषय बस्तुहरुको आवश्यकता अनुसार हरेक परिस्थितिमा हातेमालो गर्दै अघि बढने प्रतिबद्धता समेत धादिङ जिल्ला खेलकुद समितिमा अध्यक्ष प्रताप तामाङले बताउनुभयो।


पालिका जितेर मात्र पुग्दैन अघि बढ्नुस जिल्ला प्रदेशमा समेत जितको लागि अग्रिम बधाई दिदै अगाडि बढ्न र अप्ठ्यारा बाधा सिर्जना आएमा जिल्ला खेलकुद समितिमा जानकारी गराउन समेत जानकारी दिनुभएको छ।
विद्यार्थीहरु शिक्षक शिक्षिकाहरुको अनुशासन धैर्यता लगनशिलता ले गर्दा अहिले दोस्रो पटक जित हासिल गर्न सफल भएकोमा बधाई साथै अब हुने खेलकुद प्रतियोगिता समेत जितेर लेराउन हुन शुभकामना दिदै गजुरी गाउँपालिकाको तर्फबाट गर्नु पर्ने सहयोग सधैं गर्ने र डोलभन्ज्याङ माध्यमिक बिधालयमा पढ्ने आर्थिक अबस्था कम्जोर भएका विद्यार्थी भाइबहिनिहरुको नाम लिष्ट टिपेर दिनुस मेरो अक्षय कोषबाट काटिने गरि स्कुल डेस उपलब्ध गराउने प्रतिबद्धता समेत गजुरी गाउँपालिकाका उपाध्यक्ष तथा कार्यबाहक अध्यक्ष शर्मिला बिशुराल ज्यूले बताउनुभयो।

यस समारोहमा प्रमुख अतिथि गजुरी गाउँपालिका उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष शर्मिला बिशुराल ज्यू,बिशिष्ट अतिथिहरुमा जिल्ला खेलकुद समितिका अध्यक्ष प्रताप तामाङ ज्यू शिक्षा युवा तथा खेलकुद शाखा गजुरीका शिक्षा अधिकृत सन्तोष पौडेल ज्यू,डोलभन्ज्याङ मा.विका बिधालय ब्यबस्थापन समितिका अध्यक्ष प्रमोद रुपाखेती ज्यू,आदर्श बहुमुखी क्याम्पस गजुरीका स्ववियु सभापति गणेश पाण्डे ज्यू,बागेश्वरी बहुमुखी क्याम्पस मलेखुका स्ववियु सभापति नबराज त्रिपाठी ज्यू लगायतको उपस्थितमा कार्यक्रम सम्पन्न गरेका छ्न।

कार्यक्रममा बिभिन्न किसिमका खेलकुदहरु भएका थिए । गजुरी गाउँपालिका स्तरीय राष्ट्पती रनिङ शिल्ड प्रतियोगीतामा भलिबल, कबड्डि र एथलेटिक्स, हाईजम्प, लङजम्प,सर्टपुट,पिटी लगायतका खेलहरु भएको शिक्षा तथा युवा खेलकुद शाखा गजुरीका शिक्षा अधिकृत सन्तोष पौडेल ज्यूले बताउनुभयो।

बुधबार कार्यक्रममा डोलभन्ज्याङ मा.वि.का बिजेता खेलाडी विद्यार्थीहरुलाई जिल्ला,प्रदेश हुँदै खेलकुदमा अगाडि बढ्दै जान र गजुरी गाउँपालिकाको खेलकुदमा क्षेत्रमा अब्बल बन्न समेत शुभकामना दिदैविद्यार्थीहरुको अनुसार नै आजको अपरिहार्य आवश्यकताका कारण दोस्रोपटक जित हात पार्न सफल रहेको समेत बताउनुभयो।

स्वस्थको लागि खेलकुद राष्ट्रको लागि खेलकुद भन्ने मुल नाराका साथ गजुरी गाउँपालिकाले आयोजना गरेको गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता दोस्रो पटक डोलभन्ज्याङ माविले जितेको छ ।
६ स्वर्ण, ५ रजत र ४ कास्य सहित १५ मेडल सहित प्रथम हुन सफल भएको बताउदै अब आउने दिनहरुमा खेलकुद प्रती गर्नु पर्ने सधैं साथ र सहयोग गर्न र खेलकुदमा कुनै कमि हुन समेत नदिने प्रतिबद्धता जायज सहित अब हुने खेलकुदमा जसरी पनि जित्नु पर्ने र तयारीमा लाग्न समेत डोलभन्ज्याङ मा.वि.बिधालय ब्यबस्थापन समितिका अध्यक्ष प्रमोद रुपाखेती ज्यूले बताउनुभयो।








५ पुष २०८०, बिहीबार ०७:५२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस