|  

पुनरुत्थान चर्च गजुरीको आयोजनमा वृहत् खुल्ला रक्तदान कार्यक्रम सप्पन्न

१४ पुष २०८०, शनिबार १७:५७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी रक्तदान जिवनदान भन्ने मुल नाराका साथ आत्मसात गर्दै पुनरुत्थान चर्च गजुरीको आयोजनमा ख्रीष्टमस वडा दिनको अवसरमा वृहत् खुल्ला रक्तदान कार्यक्रम छात्राबासमा सप्पन्न भएको छ।
“रक्त दान जीवन दान ” भने नारालाई आत्मसात गर्दै पछिल्लाे समय धादिङ जिल्ला लगायत विभिन्न क्षेत्रहरुमा सवारी साधन दुर्घटना जस्ता विभिन्न प्रखोपले गर्दा घाइतेहरुलाई रगतको अभाव हुन नदिन रक्तदान गर्दै आएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धादिङका सभापति दुर्लभ कुमार तामाङले बताउनुभयो।

बृहत् खुल्ला रक्तदान कार्यक्रममा प्रमुख अतिथि गजुरी गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष गोबिन्द्र लामिछाने रहनुभएको थियोे।
गजुरी गाउँपालिका वार्ड न.१ गजुरीमा रक्तदान कार्यक्रम पालैपालो विभिन्न संघसंस्थाले गर्दै आइरहेको र यसलाई निरन्तरता दिन सधैं अघि बढ्ने उदेश्यका साथ लागेको याकुप बि.क ले बताउनुभयो।

नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवा केन्द्र धादिङको प्राविधिक सहयोगमा गजुरीको छात्राबासमा आज रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा ९० पाउण्ड रगत संकलन भएको थियाे ।रक्तदान गर्नुहुने ९० दाताहरु मध्ये ६१ जना पुरूष र २९ जना महिला सहभागी रहेका थिए ।

१४ पुष २०८०, शनिबार १७:५७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस