|  

रेडक्रस धादिङका सभापति तामाङले गरे बिधालयमा अक्षय कोषको स्थापना

१९ पुष २०८०, बिहीबार १२:२९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


नेपाल रेडक्रस सोसाईटी धादिङका सभापती एवम् समाजसेवी दुर्लभ कुमार तामाङले आफ्नो बुबाको स्मृतिमा विद्यालयमा अक्षय कोष स्थापना गर्नुभएको छ।

महेन्द्रोदय माध्यमिक विद्यालय गजुरी-३ राक्सिङको ६३ औँ बार्षिकोत्सव तथा नेपाल भारत मैत्री भवन उद्घाटन समारोहमा स्व.बुबा बुद्धि वीर थिङ तामाङको ९० औं दिनको पुन्य तिथिको अवसर पारेर दुई लाख पचास हजारको अक्षय कोष स्थापना गर्नुभएको हो ।

मङ्गलवार बागमती प्रदेशका मुख्यमन्त्री माननीय श्री शालिकराम जम्कटेलको प्रमुख अतिथि रहेको कार्यक्रममा दुर्लभ तामाङका आमा बिनुमायाले वडा नं ३ का वडाध्यक्ष एवम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ऋषिलाल श्रेष्ठलाई चेक हस्तान्तरण गर्नुभएको थियो।

बुबाको सम्झनामा आफूले कखरा चिनेको विद्यालयमै अक्षय कोष स्थापना गरिएको र उक्त रकमबाट गरिब तथा जेहेन्दार छात्रा/छात्रलाई अध्ययनका लागि सहयोग गरिने समारोहमा रेडक्रस सभापती तामाङले बताउनुभयो।

१९ पुष २०८०, बिहीबार १२:२९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस