|  

नेपालमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि : विमानस्थल र एयरलाइन्समा स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह

२५ पुष २०८०, बुधबार ०६:१८ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । कोरोनाभाइरसको नयाँ भेरियन्ट पुष्टि भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले सबै विमानस्थल र एयरलाइन्समा स्वास्थ्य मापदण्ड पालना गर्न सर्कुलर गरेको छ । प्राधिकरणको मंगलबार बसेको बैठकले नेपालमा पनि कोरोना ओमिक्रोनको शव भेरियन्ट जे एन पुष्टि भएकाले स्वास्थ्य मापदण्ड पालनाका लागि आवश्यक निर्णय गरेको हो ।

संक्रमण र संक्रमणको फैलावट रोकथाम गर्नका लागि जनस्वास्थ्यका सबै मापदण्डहरू जस्तै भिडभाडमा नजान, भौतिक दुरी कायम गर्न, मास्कको प्रयोग गर्न, साबुन पानीले हात धुन पालना गर्न–गराउनुहुन प्राधिकरणले सम्पूर्ण विमानस्थलहरू, सम्बद्ध एयरलाइन्स तथा विमानस्थलस्थित अन्य निकायहरूलाई सर्कुलर गरेको प्रबन्धक विनोद कुमार पन्तले जानकारी दिए ।

२५ पुष २०८०, बुधबार ०६:१८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस