|  

बसको ठक्करबाट बालकको मृत्यु

२२ फाल्गुन २०८०, मंगलवार १५:२२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । चितवनको भरतपुरमा बसको ठक्करबाट बालकको मृत्यु भएको छ । नारायणगढबाट माडीतर्फ जाँदै गरेको ना ४ ख ५८१५ नम्बरको बसले नौ वर्षीय आरुष पौडेललाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।

गएराति भरतपुर महानगरपालिका–७ स्थित माछापुच्छ्रे चोक नजिकै ‘जेब्रा क्रसिङ’मा हिँडिरहेका बेला बालक पौडेललाई बसले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिनुभयो ।

माडी नगरपालिका–८ बस्ने चालक विकास सार्कीलाई प्रहरीले सीताराम चोक पुगेपछि नियन्त्रणमा लिएको थियो । घटनामा बसमा सवार भरतपुर–७ बस्ने २१ वर्षीया कोपिला राई पनि घाइते भएका थिए ।

२२ फाल्गुन २०८०, मंगलवार १५:२२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस