|  

नवलपरासीको अवैध गोदाममा सशस्त्र प्रहरीको छापा, करिब २ हजार बोरा चिनी र केराउ बरामद

२२ फाल्गुन २०८०, मंगलवार १५:३६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका– १ बरुवाबाट झन्डै दुई हजार बोरा चिनी, केराउ र प्याज बरामद भएको छ । भारतबाट अवैधरूपमा ल्याई गोदाममा राखिएको सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर–२६ गण पश्चिम नवलपरासीले चिनी र केराउ बरामद गरेको हो ।

स्थानीय श्याम भनिने ज्ञानु अर्यालको घर पछाडि गोदाममा लुकाइराखेको ५० र ३० किलोको बोरामा रहेको दुई सय बोराभन्दा धेरै चिनी र एक हजार सात सय बोराभन्दा धेरै केराउ रहेको सशस्त्र प्रहरीले जनाएको छ । अवैध चिनी र केराउको बजार मूल्य ४५ लाख रुपैयाँभन्दा धेरै रहेको अनुमान गरिएको छ । साथै चिनी र केराउ अवैध भण्डा रण गरी नक्कली कागजपत्र बनाएर देशका विभिन्न ठाउँमा वितरण गर्ने गरेको आशङ्का छ ।

यस्तै पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ वनकट्टीबाट ६७ बोरा प्याज पनि सशस्त्र प्रहरीले बरामद गरेको छ । यो पनि भारतबाट अवैधरूपमा ल्याएर घरमा लुकाइछिपाइ राखिएको अवस्थामा नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ ।

२२ फाल्गुन २०८०, मंगलवार १५:३६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस