|  

केन्द्रीस्तरमा सत्ता समीकरण फेरिएपछि पुगे काठमाडौँ मुख्यमन्त्री जम्कट्टेल

२२ फाल्गुन २०८०, मंगलवार १५:४५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । केन्द्रीस्तरमा सत्ता समीकरण परिवर्तन भएसँगै बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल काठमाडौँ गएका छन् ।

गृह जिल्ला धादिङ रहेका मुख्यमन्त्री जम्कट्टेलले सोमबार चितवन हुँदै हेटौंडा आउने क्रममा सत्ता समीकरण परिवर्तनको बारेमा जानकारी पाएका थिए । चितवनमा एक औपचारिक कार्यक्रम उद्घाटन गरी सोमबार साँझ उनी हेटौंडा आएका थिए ।

हेटौंडामा आफ्नो टिमसँग सामान्य छलफल गरेर उनी मंगलबार बिहानै काठमाडौँ हानिएका छन् । काठमाडौँमा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गर्ने कार्यक्रम छ ।

मुख्यमन्त्री जम्कट्टेलले आजै प्रधानमन्त्री प्रचण्डसँग भेट गर्ने जनाइएको छ । प्रधानमन्त्री प्रचण्डलाई बागमती प्रदेशको राजनीतिक परिस्थिति, सांसद संख्या र सत्ता समीकरणका समस्याबारे मुख्यमन्त्री जम्कट्टेलले जानकारी गराउने छन् ।

२२ फाल्गुन २०८०, मंगलवार १५:४५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस