|  

घाटबेशीस्थित त्रिशुली बस दुर्घटना अपडेट : १३ जनाको जीवितै उद्धार, ६ जना गोताखोर परिचालन !

२३ फाल्गुन २०८०, बुधबार ०६:४६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


फागुन २३, काठमाडौँ । कपिलवस्तुबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुवाहक बस गति अनियन्त्रित भई त्रिशूली नदीमा खसेको छ । आज बिहान ५ बजे बस गति अनियन्त्रित भई त्रिसुली नदीमा खसेको हो ।

नदिमा खसेकामध्ये १३ जनालाई सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन सुरक्षा बेस आदमघाटबाट डिएसपीको कमान्डमा खटिएको १८ जनाको टोलीले जीवितै उद्धार गरी गजुरी अस्पतालतर्फ ल्याईएको छ ।

उक्त स्थानमा विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट इन्सपेक्टरको कमान्डमा ६ जना गोताखोर सहित २० जनाको टोली खटिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए घटनाको विस्तृत विवरण आउन बाँकी छ।

२३ फाल्गुन २०८०, बुधबार ०६:४६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस