|  

घाटबेशी बस दुर्घटना अपडेट : ६ जनाको मृत्यु, ४२ जनाको उद्धार, थप विवरण आउन बाँकी

२३ फाल्गुन २०८०, बुधबार ०७:२७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी । कपिलवस्तुबाट काठमाडौँतर्फ जाँदै गरेको यात्रुवाहक बस गति अनियन्त्रित भई गजुरीको घाटबेशी पुल नजिक त्रिशूली नदीमा दुर्घटना हुँदा मृतक संख्या ६ पुगेको छ । सिदार्थ सार्वजनिक यातायात प्रालिको लु २ ख २१२१ नम्बरको बस आज बिहान दुर्घटना ईलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ ।

नदिमा खसेकामध्ये ४२ जनालाई सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन सुरक्षा बेस आदमघाटबाट डिएसपीको कमान्डमा खटिएको १८ जनाको टोली तथा गजुरी गाउँपालिकाको प्रहरीको टोलीले जीवितै उद्धार गरी गजुरी अस्पतालतर्फ ल्याईएको छ ।

उक्त स्थानमा विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट इन्सपेक्टरको कमान्डमा ६ जना गोताखोर सहित २० जनाको टोली खटिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो । मृतक संख्या अझै बढ्न सक्ने र उद्धारको काम भईरहेको प्रहरीले जनाएको छ ।

२३ फाल्गुन २०८०, बुधबार ०७:२७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस