|  

सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

२८ फाल्गुन २०८०, सोमबार ११:४७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । नेपाली बजारमा सोमबार भने सुनको मूल्य स्थिर रहेको छ । पछिल्लो दिनमा सुनको मूल्य बढ्दै रेकर्ड कायम भएकोमा सोमबार भने आइतबारकै मूल्यमा कारोबार भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा १ लाख २६ हजार रुपैयाँमा कारोबार हुँदा तेजावी सुन तोलामा १ लाख २५ हजार ४०० रुपैयाँमा कारोबार भएको छ ।

यस्तै चाँदीको पनि आइतबारकै मूल्य अर्थात १ हजार ४७५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

२८ फाल्गुन २०८०, सोमबार ११:४७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस