|  

कोटेश्वरमा बसको ठक्करबाट घाइते भएको ट्राफिक प्रहरीको मुृत्यु

२८ फाल्गुन २०८०, सोमबार ११:५२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । काठमाडौंको कोटेश्वरमा बसको ठक्करबाट घाइते भएका ट्राफिक प्रहरीको उपचारको क्रममा मृत्यु भएको छ। कोटेश्वर प्रभागमा कार्यरत ट्राफिक प्रहरी सई टोपबहादुर खत्रीलाई फागुन २० गते प्रदेश ३ ०१ ००५ ख ९७५५ नम्बरको बसले ठक्कर दिएको थियो।

उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका उनको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा आइतबार दिउँसो मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी जीवनकुमार श्रेष्ठले जानकारी दिए।

 

२८ फाल्गुन २०८०, सोमबार ११:५२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस