|  

बुढिगण्डकी जलविद्युत आयोजनाको डुवान क्षेत्रमा प्रकृतिक श्रोतको उत्खनन् र दोहन अझै रोकिएन

२८ फाल्गुन २०८०, सोमबार १४:३८ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


धादिङ । बुढिगण्डकी जलविद्युत आयोजानका डुवान प्रभावित क्षेत्रमा प्रकृतिक श्रोतको उत्खनन् र दोहन अझै रोकिएको छैन । बुढिगण्डकी जलविद्युत कम्पनी लिमिटेडले अधिग्रहण क्षेत्रबाट प्रकृतिक श्रोतको उत्खखन् र दोहन नगर्न पटक पटक आग्रह गर्दा समेत स्थानीय तहहरुले अटेर गरेको भन्दै सो कार्य बन्द गराई दिन हुन स्थानीय प्रशासनसँग आग्रह समेत गरेको छ ।

बुढिगण्डकी डुवान प्रभावित क्षेत्रका स्थानीयले मुआब्जा लिईसकेका कारण त्यस्तो क्षेत्रबाट नदीजन्य बस्तु र अन्य प्रकृतिक श्रोतको उत्खनन् बन्द गर्न कम्पनीले आग्रह गरेको हो ।

स्थानीयलाई सरकारले तोकेको मुआब्जा दिईसकेको र सम्पुर्ण सम्पती स्वतः बुढिगण्डकी जलविद्युत कम्पनी लिमिटेडको हुने भएकोले त्यस्ता स्थानहरुमा कुनैपनी किसिमका अवैध गतिविधि गर्न नपाउने अन्यथा कडा कारवाही हुने स्थानीय प्रशासनको भनाई छ ।

बालुवा खानीलगाएत प्रशोधन उद्योग सञ्चालकहरुले भने जिल्ला प्रशासन कार्यालय धादिङ र बुढिगण्डकी जलविद्युत कम्पनीले लिमिटेड पटक पटक बन्द गर्न आग्रह गर्दा समेत अटेर गरेको बताएका छन् ।

जिल्ला प्रशासन कार्यालय धादिङले भने त्यस्ता अबैध गतिविधि तत्काल बन्द गर्न निर्देशन दिईसकेको प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैरेको भनाई छ ।

 

२८ फाल्गुन २०८०, सोमबार १४:३८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस