|  

अत्यधिक चिसोका कारण मङ्गोलियामा ३९ लाखभन्दा बढी चौपायाको मृत्यु

२८ फाल्गुन २०८०, सोमबार १५:०२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । मङ्गोलियामा अत्यधिक चिसोका कारण मृत्यु हुने गाईवस्तुहरूको सङ्ख्या ३९ लाख २५ हजार ७३४ पुगेको यहाँको राष्ट्रिय विपत् आयोग एसईसी ले सोमबार जनाएको छ ।

मङ्गोलियाका २१ प्रान्तहरूमध्य पूर्वी सुखबातर प्रान्तमा स्थानीय भाषमा ‘जुड’ भनिने कडा चिसोबाट सबैभन्दा बढी प्रभावित भएको छ । यहाँ ११ लाखभन्दा बढी गाईवस्तुहरूको मृत्यु भएको एसईसीले जनाएको छ । चिसोका कारण हिउँ पर्ने र जमिन जमेको हिउँले ढाकिएका कारण ठुलो सङ्ख्यामा प्राणीहरू मर्छन् ।

मङ्गोलियाको मौसम अनुगमन निकायका अनुसार मङ्गोलियाले यस वर्षको जाडोमा सामान्यभन्दा धेरै हिम वर्षा र जाडोको सामना गरेको छ । मङ्गोलियाको लगभग ८० प्रतिशत क्षेत्र हिउँले ढाकिएको छ ।

 

२८ फाल्गुन २०८०, सोमबार १५:०२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस