|  

गजुरी ६ का किसानलाई उन्नत जातको मकैको विउ नि:शुल्क वितरण-अध्यक्ष श्रेष्ठ

२७ चैत्र २०८०, मंगलवार १२:२१ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गणेश पाण्डे
गजुरी/गजुरी गाउँपालिकाका किसानहरुको मुख्य खाद्य बाली मकै हो ।
गजुरी गाउँपालिका कृषि शाखाको आयोजनामा गजुरी ६ नम्बर वडा कार्यालयमा मकैको बिउ वितरण गरेको छ । कृषि पेसालाई आत्मनिर्भर बनाउन किसानहरुलाई मकैको बिउ वितरण गरेका हुन् ।

कृषि पेसाबाट जीविकोपार्जन गरेका किसानको आयआर्जनमा सुधार ल्याउन १४ क्विन्टल उन्नत जातको मकैको बीउ वितरण गरेको गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठले बताउनुभयो।

पकेट क्षेत्र निर्धारण गरेका स्थानबाट मूल बिउ खरिद गर किसानको आयआर्जनमा सुधार ल्याउन पेसालाई मर्यादित, उत्पादन र उत्पादकत्वमा वृद्धि गर्ने लक्ष्य लिएको छ । खाद्यमा सुरक्षित पालिका निर्माण, किसानलाई उत्प्रेरणा जगाउन कृषि विकास शाखाले अनुदान सहयोगमा बिउ वितरण गरेको कृषि शाखाका प्राबिधिक शिव पाण्डेले बताउनुभयो ।

कार्यालयले किसानको माग र आवश्यकतालाई मध्यनजर गरी मौसम अनुसार बिउबिजन, कृषि सामग्री वितरण गर्दै आएको छ । बालीमा समस्या परेको खण्डमा जतिबेला पनि प्राविधिक उपस्थित भएर समाधानका उपायको बारेमा जानकारी दिने कृषि शाखा प्राबिधिक अशोक श्रेष्ठले बताउनुभयो।

गाउँपालिकाका भरिका किसानहरु मकै छर्ने तयारीका लागि खेतबारीमा व्यस्त छन् । खनजोत उनीहरूको प्रमुख दिनचर्या बनेको छ । जग्गा जमिन बाजो नहोस भन्ने उदेश्यले कृषकहरुलाई मकै बीउ निशुल्क वितरण गरेको गजुरी ६ का वडा अध्यक्ष भक्त बहादुर तामाङले बताउनुभयो।


२७ चैत्र २०८०, मंगलवार १२:२१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस