|  

ग्रामिण भेगमा साहारा बन्दै जीवन विकास लघुवित्त : सिद्धलेकका बालवालिकालाई निःशुल्क ट्युसन !

२८ चैत्र २०८०, बुधबार ०८:५२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौँ । ग्रामिण भेगमा जनताको साहारा बन्दै आएको जीवन विकास लघुवित्त वित्तीय संस्था शाखा कार्यालय सिद्धलेकले ग्राहक संरक्षण कोष अन्तर्गत सिद्धलेक गाउँपालीकाको ५ र ६ का आफ्ना सदस्यहरुका बालबालिकालाई निःशुल्क ट्युसन क्लास सञ्चालन गरेको छ ।

बालवालिकाको शिक्षामा गुणस्तर ल्याउन उक्त निःशुल्क ट्युसन क्लास सञ्चालनमा ल्याइएको हो ।
विशेष रुपमा पिछडिएका सदस्यका बालवालिकाहरुलाई राहत दिने उद्देश्यले निःशुल्क ट्युसनको व्यवस्था गरेको शाखा प्रमुख सन्जय कुमार दासले जानकारी दिए । यस्तो खालको शिक्षाले स्कुलमा पढाउँदा कमजोर भएका वालवालिकालाई ठुलो राहत मिल्ने कुम्पुर आधारभुत विद्यालयका शिक्षक गणेश श्रेष्ठले बताए ।

विगत ४ महिनादेखि यस ट्युसन सेन्टर नियमित रुपमा संचालन भइरहेको छ । शाखा प्रमुख दासले मासिक रुपमा नियमित निरीक्षण गर्नुका साथै वालवालीकालाई आवश्यक कपी, कलम लगायतका शैक्षिक सामग्री वितरणसमेत गर्दै आएका छन् ।
दलित, पिछडिएका र विपन्न वर्गको वालवालिका गरी झण्डै ३० जना विद्याथीले निःशुल्क ट्युसन पढिरहेका छन् । जीवन विकास लघुवित्त वित्तीय संस्था शाखा कार्यालय सिद्धलेकको यो कार्यप्रति स्थानिय निकै खुसी भएका छन् ।

२८ चैत्र २०८०, बुधबार ०८:५२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस