|  

बागमती प्रदेश सरकारले चिउरी र चमेरो संरक्षणको लागि गजुरी गाउँपालिकालाई ७ लाख ७५ हजार सहयोग

२८ चैत्र २०८०, बुधबार १९:१८ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


वाग्मती प्रदेश सरकारले चेपाङ समुदायको उत्थानका लागि गजुरी गाउँपालिका चिउरी र चमेरो संरक्षण कार्यक्रमको लागि सम्झौता भएको छ।
लाख माग गरेको मध्ये अहिले ७ लाख ७५ हजार बागमती प्रदेश सरकारबाट सहयोग गरेको गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले जानकारी दिनुभएको हो।

चेपाङ समुदायको उधानको लागि चिउरी चमेरो संरक्षण कार्यक्रमको सम्झौता पेस गर्न बागमती प्रदेश हेटौंडा गजुरी गाउँपालिका अध्यक्ष गणेश लाल श्रेष्ठ,प्रमुख प्रशासकीय अधिकृत राजु अधिकारी,गजुरी १ का वडा अध्यक्ष तारानाथ भण्डारी पुगेका हुन्।

बागमती प्रदेशले यो पहिलो वर्ष चेपाङ र चिउरीको बाक्लो उपस्थिति रहेका मकवानपुरको राक्सिराङ ,चितवनको राप्ती र कालिका नगरपालिका, इच्छाकामना गाउँपालिका धादिङको गजुरी र बेनिघाट रोराङ गाउँपालिकामा उक्त कार्यक्रम संचालन गर्न लागेको हो।

२८ चैत्र २०८०, बुधबार १९:१८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस