|  

रुविभ्याली गाउँपालिकालाई हिमालयन हेल्थकेयर संस्थाले एम्बुलेन्स सहयोग

२९ चैत्र २०८०, बिहीबार ०८:२२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गणेश पाण्डे
गजुरी/रुविभ्याली गाउँपालिकालाई हेल्थकेयर संस्थाले एम्बुलेन्स सहयोग गरेको छ।

हिमालयन हेल्थकेयर नेपाल र रुवि भ्याली गाउँपालिकाको ३२ वर्षको सहकार्य स्वरुप हिमालयन हेल्थकेर द्वारा यस एम्बुलेन्स रुवि भ्याली आधारभुत अस्पताललाई उपहार स्वरुप प्रदान गरिएको छ।

गाउँपालिकासँग तीन दशकदेखिको सहकार्य गर्दै आएकोमा अहिले एम्बुलेन्स सहयोग गरिएको हिमालयन हेल्थ केयर नेपालका कार्यकारी निर्देशक तुलमणी बस्नेतले बताउनुभयो ।

जसो तसो ग्रामीण भेगमा सवारीसाधन चल्न थालेपछी बिरामी पर्दा हेलिकप्टर चढनु पर्ने बाध्यता हट्ने भएको छ।हेलिकप्टर चाटर्ड गरेर बिरामि अस्पताल पुर्याउदा एक लाख पचास हजार सकिने रुवि भ्यालि गाउँपालिकाका उपाध्यक्ष फेलामा तामाङले बताउनुभयो।

२९ चैत्र २०८०, बिहीबार ०८:२२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस