|  

आज इद पर्वको दिन देशभर सार्वजनिक बिदा बागमती प्रदेशका मुख्यमन्त्री जम्कटेलले दिए शुभकामना

२९ चैत्र २०८०, बिहीबार ०९:२९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गणेश पाण्डे
गजुरी/बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कटेले इस्लाम धर्मावलम्बीहरुले हर्षोल्लासपूर्वक मनाइँदै गरिएको बकर इद पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीलाई शुभकामना दिएका छन् ।

पवित्र रमजान महिनामा एक महिनासम्म दिनभरीको भोक तिर्खा बिर्सेर, रिस-राग र स्वार्थ त्यागेर सबै ज्ञानेन्द्रियहरूलाई कुकर्मबाट टाढा राखी कठोर अभ्यास पूरा गरी भोलीपल्ट इद-उल-फित्रको खुसीयाली साटासाट गर्दै मनाउने यो पर्व इस्लाम धर्मावलम्बीहरूको एक विशेष पर्व हो।

यस्तो चाडपर्वहरूबाट हामी बीच नयाँ उमङ्ग र उत्साहकासाथ एक अर्काको अस्तित्व र उपस्थितिलाई सम्मान व्यक्त गर्दै एक आपसमा एकता तथा बन्धुत्व स्थापित गर्न सफल भएको अनुभूति गरेको र भविष्यमा अझ आपसी सद्भाव मित्रतामा वृद्विको कामना गर्ने मुख्यमन्त्री शालिकराम जम्कटेलले बताए।

यस पर्वले सबै नपालीहरू बीच आपसी एकता, मित्रता, सहयोग र सद्भाव अभिवृद्धि गरी समृद्ध समाज निर्माण गर्न तर्फ लम्किन शुभकामना दिएका छ्न।

बागमती प्रदेशका मुख्यमन्त्रीले बहुभाषिक, बुहधार्मिक, बहुसांस्कृतिक विविधताले भरिपूर्ण नेपाली समाजमा यस्ता चाडपर्वका माध्यमबाट विभिन्न जातजाति तथा समुदायको मौलिक संस्कृति र परम्पराको संरक्षण एवं संवर्द्धन गर्न सघाउ पुग्दछ भन्ने आफूले विश्वास लिएको शुभकामना सन्देशमा उल्लेख गरेका छ्न।

२९ चैत्र २०८०, बिहीबार ०९:२९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस