|  

गजुरी गाउँपालिकामा स्थायी बसोबास गर्ने नागरिकहरुलाई प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा निःशुल्क स्वास्थ्य परीक्षण हुने

२९ चैत्र २०८०, बिहीबार १३:०० प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गणेश पाण्डे
गजुरी गाउँपालिका वडा नं.१ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्र गजुरीबाट मुख्यमन्त्री जनता स्वस्थ्य कार्यक्रम अन्तर्गत नसर्ने रोगहरुको समयमा पहिचान (जस्तै मुटु, मृगौला रोग, मधुमेह र उच्च रक्तचाप सम्बन्धि) निशुल्क स्वास्थ्य परिक्षण गरिने भएको छ।

स्वास्थ्य संस्थास्तर, समुदायस्तर र पालिकास्तर बाट नै गुणस्तरीय स्वास्थ्य सेवा को पहुँच प्रत्येक नागरिकमा पु-याउन जनमुखी, समतामुलक, उत्तरदायी र जवाफदेही स्वास्थ्य सेवा प्रणालीको स्थापना , सुदृढिकरण र संचालनमा एबम् स्वस्थ जीवन यापनका लागि नागरिकहरुमा समेत पुनर्जागरण ल्याउन थप कार्य गर्न लागेको प्राथमिक स्वास्थ्य केन्द्र गजुरीका डा.सुदिप पाण्डेले बताउनुभयो।

कार्यक्रम २०८० चैत्र ३० गते शुक्रबारका दिन हाल सम्म रोग पहिचान भई नसकेका ३० वर्ष वा सो भन्दा माथि उमेर नाघेका गजुरी गाउँपालिकामा स्थायी बसोबास गर्ने सम्पूर्ण नागरिकहरुलाई निःशुल्क स्वास्थ्य परीक्षण गर्न लागिएको गजुरी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सुन्दर श्रेष्ठले बताएका छ्न।

गजुरी गाउँपालिका भित्र स्वास्थ्य तथा सरसफाई क्षेत्रको सुधारको लागि गाउँपालिकाले नागरिकहरुमा गाउँपालिकाको भावि सोच र उपलब्धीलाई संस्थागत, सुधार र संरक्षणका निम्ति सधैं लाग्ने समेत बताए।

२९ चैत्र २०८०, बिहीबार १३:००  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस