|  

विकासको आधार कृषि, पर्यटन, उद्योग र जलस्रोत : राष्ट्रपति पौडेल

३ बैशाख २०८१, सोमबार १४:५९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो विकासको आधार कृषि, पर्यटन, उद्योग र जलस्रोत नै भएको बताएका छन् । विश्वसम्पदा दिवसका अवसरमा तनहुँको तनहुँसुरमा आयोजित कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै उनले राजनीतिक परिवर्तनको सफलतासँगै संविधानसभाबाट नेपाली जनताले पाएको संविधान र हामीले रोजेको संघीय लोकतान्त्रिक गणतन्त्रको मर्म नै शान्त, सुखी र समुन्नत नेपाल भएको बताए ।

तनहुँसुर इतिहासै इतिहास बोकेको ठाउँ भएको तथा सेनवंशी राजा त्रिविक्रम सेनदेखि नै शाहकाल, राणाकाल र पञ्चायतकालासम्म उपेक्षित रहँदै आएको तनहुँसुर डाँडाको इतिहासमा यहाँ धेरै प्रकारका ऐतिहासिक सम्पदाहरु र स्मारकहरु लुकेर रहेको चर्चा गर्दै उहाँले तिनको खोजी गर्नु, संरक्षण गर्नु र प्रकाशमा ल्याउनु आफूहरूको प्रमुख दायित्व भएको धारणा व्यक्त गरे ।

 

 

३ बैशाख २०८१, सोमबार १४:५९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस