|  

नुवाकोट दुप्चेश्वर गाउँपालिका-२ मा ७ दिने आधारभूत मौरीपालन तालिम सम्पन्न

५ बैशाख २०८१, बुधबार ०६:४२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी । दुप्चेश्वर गाउँपालिका वडा नम्बर २ पाङारमा ७ दिने आधारभूत मौरीपालन तालिम सम्पन्न भएको छ ।

उधोग तथा बाणिज्य कार्यालय नुवाकोट जिल्लाको आर्थिक सहयोगमा नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिका वडा न २ पाङारमा रहेको बिरेन्द्र माबि मा चैत्र २८ गते देखी बैसाख ४ गतेसम्म सञ्चालन गरिएको मौरी पालन तालिम उधोग तथा बाणिज्य कार्यालय नुवाकोटका प्रमुख किसोर सापकोटाको अध्यक्षतामा सम्पन्न भएको छ ।

७ दिने आधारभूत मौरीपालन तालिम मा स्थानीय १५ जना सहभागिहरु लाई नेपाल मौरी पालक माहासंघ नुवाकोट शाखा अध्यक्ष, आधुनिक मौरी फार्म तथा घार उधोग का प्रोपाइटर भिमप्रसाद अधिकारी ले प्रशिक्षण गराउनु भएको थियो । समापन कार्यक्रममा सहभागी आसबहादुर तमाङले ७ दिने तालिमले मौरी पालन सम्बन्धित धेरै कुरा को जानकारी पाएको र परम्परागतरुपमा पालिएको मौरी पालनबाट भन्दा आधुनिक तरिकाले मौरी पालन गर्दा बढि लाभ उठाउन सकिने कुरा जानकारी पाएकोले यस भेगमा आधुनिक मौरी पालन सुरुवात गर्ने जानकारी दिनुभयो ।

कार्यक्रमका सहजकर्ता भिमप्रसाद अधिकारीले पाङगार वातावरणिय हिसाबले मौरी पालन ब्यवसाय गर्न योग्य ठाउँ भएकोले सहभागीहरुलाई ब्यबसाय गर्नका लागि आवश्यक प्राविधिक सहयोग मौरी जन्य सामाग्रीहरूको लागि सदैब सहयोग गर्न तयार रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

समापन गर्दै कार्यालय प्रमुख सापकोटा ले स्थानिय उत्पादन बढाउन आयस्रोत बृद्धि गर्नसहज हुने हिसाबले यस भेगमा सन्चालन भएको यस तालिमले सबैलाई ब्यबसाय गर्न र मौरिमय पाङार बनाउन सके मात्रै तालिम प्रभावकारी हुने बताउनुभयो । सहभागीहरुलाई कार्यालयको तर्फबाट एक एक ओटा मौरी घार टोपी पन्जा समेत बितरण गरिएको छ ।

५ बैशाख २०८१, बुधबार ०६:४२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस