|  

एसीसी प्रिमियर कपमा आज नेपाल र साउदी अरेबिया खेल्दै

५ बैशाख २०८१, बुधबार ०६:५४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


बैशाख ५, काठमाडौँ । एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणमा बुधबार नेपालले साउदी अरेबियासँग समूहगत चरणको अन्तिम खेल खेल्दैछ। नेपाल र साउदी अरेबियाबीचको खेल नेपाली समय अनुसार, बिहान ११ः४५ बजे सुरु हुनेछ ।

नेपाल जारी प्रतियोगितामा यसअघि आफूले खेलेका तीनवटै खेलमा विजयी भएको छ । नेपालले आफ्नो पहिलो खेलमा मलेसियालाई पाँच विकेटले, दोस्रो खेलमा कतारलाई ३२ रनले र तेस्रो खेलमा हङ्कङलाई आठ विकेटले हराएको थियो ।

नेपाल ६ अंकसहित तालिकाको पहिलो स्थानमा छ । चार खेलबाट चार अंक बटुलेको कतार दोस्रो स्थानमा छ । तीन खेलबाट दुई अंक बटुलेको साउदी अरेबिया तेस्रो, तीन खेलबाट दुई अंक जोडेको मलेसिया चौथो र तीन खेलबाट दुई अंक हात पारेको हङ्कङ पाँचौँ स्थानमा छन् ।

५ बैशाख २०८१, बुधबार ०६:५४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस