|  

करेला प्रतिकेजी ९५, काउली ७५, कागती २५०, कुरीलो ३२५ रुपैयाँ पर्ने, अन्यको मुल्य कति छ ?

५ बैशाख २०८१, बुधबार ०९:०३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


बैशाख ५, काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज बुधबारको मूल्यसूची प्रकाशित गरेको छ । मूल्यसूची अनुसार आज कालीमाटीमा करेला प्रतिकेजी ९५ रुपैयाँ, कागती २५० रुपैयाँ, कुरीलो ३२५ रुपैयाँ, ज्यापु काउली ७५ रुपैयाँ र कोइरालो प्रतिकेजी २६५ रुपैयाँ तोकिएको छ ।

यसैगरी, ठुलो गोलभेडा प्रतिकेजी ६५ रुपैयाँ, टनेल गोलभेडा ४० रुपैयाँ, रातो आलु ४७ रुपैयाँ ५० पैसा, सुकेको प्याज ६७ रुपैयाँ, लोकल गाजर ३८ रुपैयाँ ३३ पैसा, लोकल बन्दा र हरियो प्याज ४५ रुपैयाँ, स्थानीय काउली र स्कुस प्रतिकेजी ६५ रुपैयाँ, लाम्चो भन्टा २५ रुपैयाँ, डल्लो भन्टा ३७ रुपैयाँ ५० पैसा, तने बोडी ११६ रुपैयाँ ६७ पैसा, मटरकोशा ८६ रुपैयाँ ६७ पैसा, लोकल सिमी १०८ रुपैयाँ, हाइब्रीड सिमी ११० रुपैयाँ, घिरौला ७८ रुपैयाँ र फर्सी ३५ रुपैयाँ पर्नेछ ।

त्यस्तै, सलगम र सखरखण्ड प्रतिकेजी ७६ रुपैयाँ ६७ पैसा, भिण्डी ९६ रुपैयाँ, बरेला ५६ रुपैयाँ ६७ पैसा, चमसूरको साग १२५ रुपैयाँ, पालूगो साग १२६ रुपैयाँ ६७ पैसा, रायोको साग ९६ रुपैयाँ ६७ पैसा, तोरीको साग ३५ रुपैयाँ, मेथीको साग १२६ रुपैयाँ ६७ पैसा, बकूला ९५ रुपैयाँ, तरुल ११० रुपैयाँ, कन्य च्याउ ११८ रुपैयाँ, डल्ले च्याउ ३३० रुपैयाँ, न्यूरो ७५ रुपैयाँ, सजिवन १२५ रुपैयाँ र सौफको साग १२५ रुपैयाँ पर्ने मूल्यसूचीमा उल्लेख छ ।

५ बैशाख २०८१, बुधबार ०९:०३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस