|  

१५० किलो गाँजा सहित ७ जना पक्राउ

५ बैशाख २०८१, बुधबार १३:२० प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । मकवानपुरमा १५० किलो गाँजा बोकेर लग्दै गर्दा प्रहरीले सात जनालाई पक्राउ गरेको छ। मंगलबार राति करिब १० बजेतिर मनहरी गाउँपालिका ४ स्थितबाट सात जनालाई गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।

पक्राउ पर्नेमा राक्सिराङका १५ वर्षीय किशोर, १९ वर्षीय टिकाराम प्रजा, कैलाश गाउँपालिकाका २८ वर्षीय बमबहादुर चेपाङ, २७ वर्षीय हरिकुमार प्रजा, २७ वर्षीय विरमान प्रजा, मनहरीका ४४ वर्षीय रामहरि लुइँटेल र ३६ वर्षीय दिपक थापा मगर छन् ।

 

५ बैशाख २०८१, बुधबार १३:२०  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस