|  

सुनको मूल्य आज पनि बढ्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

७ बैशाख २०८१, शुक्रबार ११:३३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


बैशाख ७, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन तोलामा ७ सय रुपैयाँले बढेर १ लाख ३९ हजार ३०० कायम भएको छ ।
यसै गरी, तेजाबी सुनको मूल्य तोलाको १ लाख ३८ हजार ६५० रुपैयाँ निर्धारण भएको छ । यसअघि बिहीबार छापावाल सुन प्रतितोला १ लाख ३८ हजार ६०० रुपैयाँ कारोबार भएको थियो भने तेजाबी सुनको मूल्य तोलाको १ लाख ३७ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसै गरी आज चाँदीको मूल्य भने सामान्य घटेको छ । महासङ्घका अनुसार आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १७ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

७ बैशाख २०८१, शुक्रबार ११:३३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस