|  

बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यले आज विश्वासको मत लिदैँ

१० कार्तिक २०७८, बुधबार ०९:१४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत लिदैँछिन् ।

बागमती प्रदेश सभाको बैठक आज दिउँसो १ बजे बस्नेगरी बोलाइएको छ । यस अघिको प्रदेश सभा बैठकमा विश्वासको मत लिने प्रस्ताव पेश भइसकेको छ भने मुख्यमन्त्री शाक्यले राखेको प्रस्तावमा दलहरु छलफलमा समेत भाग लिइसकेका छन् । आज विश्वासको मतका लागि मतविभाजन हुने भएको हो ।

गठबन्धनका दलहरू नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी नेपालले विश्वासको मतको विपक्षमा मतदान गर्ने भएका छन् । बागमती प्रदेश सभामा हाल १०९ प्रदेश सभा सदस्य कायम रहेका छन् भने बहुमतका लागि ५५ जनाको आवश्यकता पर्छ । जसमध्ये एमालेसँग सभामुखसहित ४३ जनामात्रै सदस्य रहेका छन् । विपक्षी गठबन्धनसँग भने माओवादी केन्द्रको २३, कांग्रेसको २२, एकीकृत समाजवादीको १३ र जसपाका एक जना गरी ५९ जना सांसद रहेका छन् ।

यद्यपी,  मुख्यमन्त्री शाक्यलाई विवेकशील साझा पार्टीको तीन, नेमकिपा र राप्रपाको दुई÷दुई जना प्रदेश सभाका सदस्यहरुले समेत समर्थन गरेपनि उनको बहुमत पुग्ने अवस्था देखिदैन् ।

विपक्षी गठबन्धनले एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्रप्रसाद पाण्डेलाई मुख्यमन्त्रीको रुपमा प्रस्तुत गरेको छ ।

१० कार्तिक २०७८, बुधबार ०९:१४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस