|  

पाँचदलीय गठबन्धनका प्रमुख नेताहरुले एक अपिल जारी गर्दै आगामी निर्वाचनमा तालमेल गरेर अघि बढ्ने सन्देश दिएका छन्

२८ चैत्र २०७८, सोमबार ११:४५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं । पाँचदलीय गठबन्धनका प्रमुख नेताहरुले एक अपिल जारी गर्दै आगामी निर्वाचनमा तालमेल गरेर अघि बढ्ने बताएका छन् ।

प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राई र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गर्दै अपिल गरेका छन् ।

अपिलमा भनेका छन्, “देशैभर ठाउँ र अवस्थाअनुसार चुनावी तालमेल मिलाएर चुनावमा जान आपसी सहकार्य र परस्पर सहयोगको भावनाले अघि बढ्न पाँच दलका सम्पूर्ण साथीहरुलाई आह्वान गर्दछौँ ।” 

२८ चैत्र २०७८, सोमबार ११:४५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस