|  

काठमाडौँ–तराई (मधेस) द्रुतमार्गको भौतिक प्रगति २१.२० प्रतिशत

४ श्रावण २०७९, बुधबार ०८:०२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं । काठमाडौँ–तराई (मधेस) द्रुतमार्ग परियोजनाले आर्थिक वर्ष २०७८/०७९ सम्ममा २१.२० प्रतिशत भौतिक प्रगति हासिल गरेको छ । आयोजनको कुल काममध्ये २१.२० प्रतिशत सकिएको र गत आवमा कार्य योजनाअनुसार भौतिक र वित्तीय प्रगति करिब ९९ प्रतिशत पूरा भएको नेपाली सेनाले जनाएको छ। गत आवमा सरकारले द्रुत मार्गका लागि ८ अर्ब ८४ करोड रुपैयाँ विनियोजन गरेको थियो । चालू आर्थिक वर्षका लागि भने ३० अर्ब ७ करोड रुपैयाँ विनियोजन गरिएको छ। आर्थिक वर्ष २०७७÷०७८ मा ८ अर्ब ९६ करोड ८८ लाख विनियोजन भएको थियो। सुरुङ मार्गको प्याकेज १ र २ को सर्भे फिल्ड इन्भेस्टिगेसन डिजाइन तथा ड्रइङ कार्य सम्पन्न गरी निर्माण कार्य प्रारम्भ भएको जनाइएको छ। त्यस्तै, द्रुतमार्ग खण्ड प्याकेज ३,४ र ५ (राजदमार–निजगढ खण्ड)को बोलपत्र आह्वान गरी ठेक्का सम्झौता गरी निर्माण कार्य सुरु गरिएको छ । साथै ६, ७ खण्डको (लेनडाँडा–राजदमार) तथा प्याकेज ८ को बोलपत्र आह्वान मूल्याङ्कन कार्य सम्पन्न गरी ठेक्का सम्झौता गर्ने र मोबिलाइजेसनसहितको निर्माण कार्य प्रारम्भ गर्ने सेनाले बताएको छ। आजको कारोबार दैनिकमा समाचार छ ।

४ श्रावण २०७९, बुधबार ०८:०२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस