|  

सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच भेटवार्ता

९ चैत्र २०८०, शुक्रबार १५:२४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । सिंहदबारमा जारी भेटमा पछिल्लो समसायिक राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको जनाइएको छ ।

नयाँ गठबन्धनबाट सत्ता यात्रा थालेपछि प्रचण्ड र ओलीबीच भेटघाट बाक्लिएको छ । यस्तै आज बिहान बसेको समाजवादी मोर्चाको बैठकले एमालेलाई पनि मोर्चामा सामेल गराउने निर्णय गरेको थियो । त्यसका लागि मोर्चाले ओलीसँग छलफल गर्ने जिम्मा प्रचण्डलाई दिएको थियो

९ चैत्र २०८०, शुक्रबार १५:२४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस