|  

आज रामनवमीमा देशभर सार्वजनिक बिदा

५ बैशाख २०८१, बुधबार ०६:५८ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


बैशाख ५, काठमाडौँ । आज बुधबार सार्वजनिक बिदा छ । चैत शुक्ल नवमी अर्थात् मर्यादा पुरुषोत्तम श्रीरामको जन्मदिनमा सरकारल बिदा दिएको हो ।
देशका विभिन्न भागमा रहेका राम मन्दिरका साथै घर–घरमा वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूले मर्यादा पुरुषोत्तम श्रीरामको श्रद्धा, भक्तिपूर्वक पूजा आराधना गरी राम नवमी पर्व मनाउँदै छन् ।

आज जानकी मन्दिर परिसरमा मेला लाग्छ। उक्त मेलामा भारतबाट समेत हजारौँ श्रद्धालु भक्तजन सहभागी भई पवित्र गंगासागरमा स्नान गरी रामजानकी मन्दिरमा पूजाआजा गर्छन् ।

 

५ बैशाख २०८१, बुधबार ०६:५८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस