|  

विश्व बैङ्कका उपाध्यक्ष र वित्त निगमका उपाध्यक्षलाई नेपालमा लगानी बढाउन अर्थमन्त्री पुनको आग्रह

५ बैशाख २०८१, बुधबार १४:३९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । अर्थमन्त्री वर्षमान पुनले विश्व बैङ्कका उपाध्यक्षद्वय आकिहिको निसिओ र ग्वाङ्झे चेनसँग भेटवार्तामा नेपालमा लगानी बढाउन आग्रह गरेका छन् । वासिङटन डिसीस्थित विश्व बैङ्क मुख्यालयमा गएराति भएको भेटमा उनले यस्तो आग्रह गरेका हुन् ।

निसिओ विश्व बैङ्कका विकास वित्त ९डीएफआई० परिचालन र वाङ्चेन पूर्वाधार क्षेत्र हेर्ने उपाध्यक्ष हुन् । यस्तै, उनले अमेरिकी अन्तर्राष्ट्रिय वित्त निगम आईएफसी का उपाध्यक्ष रिकार्डो पुलिटीसँग पनि भेटेका छन् ।

विश्व बैङ्क उपाध्यक्ष आकिहिको निसिओसँग उनले आगामी जुनमा काठमाडौँमा विश्व बैङ्क समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ आईडीए–२१ बैठक गर्ने नेपालको प्रस्ताव स्वीकार गरेकामा धन्यवाद दिए ।

आईडा बैठकको राम्रो तयारी भइरहेको भन्दै त्यसका लागि काठमाडौँस्थित विश्व बैङ्कको देशीय कार्यालयसँग समन्वय गरिरहेको बताए । उनले नेपालमा सहुलियतपूर्ण कर्जा वा अनुदानमार्फत लगानीका थप क्षेत्र पहिल्याउन आग्रह गरे ।

आईडालाई नेपालजस्ता विकासोन्मुख देशहरूका लागि भरपर्दो माध्यम बजनाउन सकिने भन्दै मन्त्री पुनले पछिल्लो दशकमा दूरसञ्चार, यातायात, स्वच्छ ऊर्जाजस्ता क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धी विश्व समुदायले हेर्न लायक भएको उल्लेख गरे । नेपाल सरकार र १६ विकास साझेदारले सन् २०२१ मा संयुक्त रुपमा अनुमोदन गरेको हरित, उत्थानशील र समावेशी विकास ग्रिडका लागि रणनीतिक कार्ययोजना समावेश गरिएको काठमाडौँ घोषणापत्रको मार्गनिर्देशनमा अघि बढेको जानकारी उनले दिए ।

उक्त घोषणापत्रको अवधारणाअनुसार आगामी वर्ष पहिलो हरित उत्थान र समावेशी विकास कार्र्यक्रम अन्तर्गतको ९ग्रिड डिपीसी० कार्यान्वयन गर्न लागिएको उनको भनाइ थियो । मन्त्री पुनले १ हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्थजलासययुक्त आयोजना र ६ सय ३५ मेगावाटको दूधकोशी जलासययुक्त आयोजनामा विश्व बैंकले लगानी गर्न देखाएको तत्परताका लागि प्रशंसा गरे ।

५ बैशाख २०८१, बुधबार १४:३९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस