|  

पोखराको राष्ट्र बैंक चोकमा माइक्रोबस र जीप ठोक्किँदा आठ चिनियाँ घाइते

६ बैशाख २०८१, बिहीबार १०:०१ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गणेश पाण्डे
पोखरामा माइक्रोबस र जीप ठोक्किँदा ८ जना चिनियाँ घाइते भएका छन् ।
पोखराको शहीदचोकबाट मुस्ताङचोक तर्फ जाँदै गरेको बा. १३ च ५१३७ नम्बरको जीप र ड्याम साइडबाट रत्नचोक जाँदै गरेको माइक्रोबस आज बिहान राष्ट्र बैंक चोकमा ठोक्किएका हो।

दुर्घटनामा माइक्रोबसमा सवार १३ जना चिनियाँ नागरिकमध्ये ८ जना घाइते भएका छ्न । घाइतेहरुको अवस्था सामान्य रहेको छ । उनीहरुको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

जीप चालक धादिङको नेत्रावती–१ बोराङ बस्ने राजकुमार अधिकारी र माइक्रो बस चालक पोखरा–९ पृथ्वीचोक बस्ते तुलबहादुर कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

६ बैशाख २०८१, बिहीबार १०:०१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस