|  

गजुरी गाउँपालिकाको जलकन्या आ.विमा चेपाङ भाषाको शिक्षक नियुक्ति-अध्यक्ष श्रेष्ठ

६ बैशाख २०८१, बिहीबार १७:४४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गणेश पाण्डे
धादिङको गजुरी गाउँपालिका वडा नं.४ मा रहेको जलकन्या आधारभूत बिधालयमा चेपाङ भाषाको भाषिक शिक्षक नियुक्ति गरिएको छ।

भाषा बिनाको जाती र जाती बिना भाषा हुँदैन।सामाजिक जीवन शैलीमा पृथक छौ।बालबालिकालाई जब सम्म हामीले जातजातिको भाषा पढाउदैनौ।तब सम्म शिक्षामा सुधार हुँदैन नेपाल चेपाङ संघका केन्द्रिय सदस्य आइत सिङ चेपाङले बताउनुभयो।
गजुरी गाउँपालिका सरकारले आ-आफ्नो जात भेषभुषाको लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको र सहयोग समेत गरेको छ।गजुरी ४ चिउरी खर्कमा रहेको जलकन्या आधारभूत बिधालयमा चेपाङ भाषा पढाउने शिक्षक लाल बहादुर चेपाङलाई नियुक्ति गरिएको हो।

बिदेशी स्वजरल्याण्ड मार्फत आएको यो कोटा १ बर्ष सम्मको लागि बताइएको छ।थप नभएमा गजुरी गाउँपालिका सरकारले सहयोग गर्ने बताउदै चेपाङ,तामाङ जनजाति बस्ती भएको क्ष्रेत्रमा आ आफ्नो भाषाको शिक्षक नियुक्ति समेत गर्ने गजुरी गाउँपालिकाका अध्यक्ष गणेश लाल श्रेष्ठले बताउनुभयो।

ग्रामीण भेगमा बढी जोड दिएर गजुरी गाउँपालिका सरकार लागेको बताउदै शिक्षा,स्वास्थ्य,खानेपानी,बाटो,मठमन्दिर चौतारा,कृषिमा विशेष ध्यान दिएर काम गरेको समेत यसै गाउँका समाजसेवी एकिन्द्र चेपाङ बताएका हुन।
गजुरी वड नं.४ लाई शिक्षा देखि सबैमा जोड दिदै अघि बढेको र चेपाङ जातिलाई चेपाङ भाषामा पढाउनको लागि पहिलेदेखिनै माग गर्दै आएको र अहिले चेपाङ भाषाको शिक्षक नियुक्ति गराउन पाउँदा स्थानिय समेत खुशी भएको गजुरी ४ का वडा अध्यक्ष सुरेन्द्र प्रजाले बताउनुभयो।
कार्यक्रममा गजुरी गाउँपालिकाका अध्यक्ष गणेश लाल श्रेष्ठ ,ने.चे.सं.के.अध्यक्ष गोबिन्द्रराम चेपाङ,ने.चे.सं.का वरिष्ठ उपाध्यक्ष विल बहादुर चेपाङ,ने.चे.सं. महासचिव सन्तमान चेपाङ,कोषाध्यक्ष आइतसिङ चेपाङ,गजुरी ४ का वडा अध्यक्ष सुरेन्द्र प्रजा लगायत स्थानियको उपस्थित थियो।

नेपाल चेपाङ संघका वरिष्ठ उपाध्यक्ष विल बहादुर चेपाङले स्वजरल्याण्डको संस्थाले सहयोग गरेर चेपाङ भाषा पढाउनको निम्ति बिदेशी मार्फत एक बर्षको लागि यो कार्यक्रम लेखिएको हो।नेपाल चेपाङ संघ भनेको कुनै संघसंस्था,कुनै राजनीति गर्ने संघ होइन।चेपाङ हो भनेर गर्व गरेर आफ्नो परिचान देखाउन सक्ने हिम्मत सहित लिडर भएर हिड्न सक्ने सक्षम राख्न सक्नु पर्छ।

६ बैशाख २०८१, बिहीबार १७:४४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस