|  

गजुरी गाउँपालिका सरकारको नीति तथा कार्यक्रम : चेपाङ,चिउरी र चमेरो संरक्षणमा जोड-अध्यक्ष श्रेष्ठ

६ बैशाख २०८१, बिहीबार १८:५२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गणेश पाण्डे
गजुरी गाउँपालिका वडा नं.४ मा बागमती प्रदेश सरकार र गजुरी गाउँपालिकाको सहकार्यमा संचालित “चेपाङ,चिउरी र चमेरो संरक्षण सम्बन्धि वडा स्तरीय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।
चेपाङ चिउरी र चमेरा जहाँ यस्तो ठाउँ हुन्छ त्यहाँ चेपाङ जातिको बसोबास हुने गर्छन।चमेरा भनेको यस्तो चिज हो यो अर्गानिक हो।यसले असर गर्दैन।चिउरी भनेको बाढिपहिरो लागेको ठाउँमा वृक्षारोपण गर्ने फल हो।यो चाहिँ अनिकाल लागेको बेला फल्ने र यसबाट तेल निकालेर समेत जिविकोपार्जन गर्न सहज हुने र मौरिपालन गरेर समेत फाइदा लिन सकिने ने.चे.सं.का वरिष्ठ उपाध्यक्ष विल बहादुर चेपाङले बताउनुभयो।

गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले चेपाङ,चिउरी र चमेरो कार्यक्रम बागमती प्रदेशमा १३ जिल्ला मध्ये ५ पालिकामा सम्झौता भएको बताए। यो गजुरीको चिउरीखर्कमा प्राय:चेपाङ बस्ति धेरै भएको र चिउरी नि प्रशस्त हुने उपयुक्त ठाउँ हो।नीति तथा कार्यक्रम ल्याउने काम सरकारको हो यसको संरक्षण गर्नु चेपाङ समुदायको कर्तव्य बताउदै यसको फुलबाट मौरिपालन गरेर मह,फलबाट घिउ,तेल निकाल्न सकिने र आयआर्जन बढाउन सकिने समेत बताएका छ्न।

ने.चे.सं.के.अध्यक्ष गोबिन्द्रराम चेपाङले चेपाङ जातिको बसोबास भएको क्षेत्र रोराङ गाउँपालिकाबाट सुरुवात गरेको हो।यो कार्यक्रम रोराङमा राख्नुपर्छ भनेर अगाडि बढेको हो।यो कार्यक्रम बागमती प्रदेश सरकारले गजुरी गाउँपालिका,बेनिघाट रोराङ गाउँपालिका,इच्छा कामना गाउँपालिका, राक्सिरङ गाउँपालिका राप्ती गाउँपालिकाको लागि चिउरी संरक्षण कार्यक्रम बागमती प्रदेश सरकारले सहयोग गरेको छ यसलाई सदुपयोग गर्न समेत बताएका छ्न।

गजुरी ४ का वडा अध्यक्ष सुरेन्द्र प्रजाले चिउरी खेती गर्ने जिम्मा चेपाङ/तामाङ समुदाय रहेकोले कृषिमा पकेट क्षेत्र बनाउने उदेश्यले आगामी दिनमा लाग्न समुदायलाई नीग्रानी राख्न समेत स्थानियलाई कार्यक्रममा बताएका छ्न।

६ बैशाख २०८१, बिहीबार १८:५२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस