|  

संविधान दिवसको अवसरमा नीलकण्ठको हाजिरीजवाफ प्रतियोगिता

२ आश्विन २०७९, आईतवार २१:०६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


धादिङ । संविधान दिवसको अवसरमा नीलकण्ठ नगरपालिका शिक्षा शाखाको आयोजनामा नगरस्तरीय मावि तहको हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ भने प्रतियोगितामा नगरपालिका भित्रका १३ वटा बिद्यालय सहभागी भएका थिए ।

प्रतियोगितामा महेद्र मा.वि प्रथम, नीलकण्ठ मावि द्धितिय, धादिङ बोर्डिङ मावि तृतिय र चण्डेश्वरी माविका विद्यार्थीहरुले सान्त्वना स्थान हासिल गर्न सफल भएका हुन ।
साथै बिजेता हुने प्रथम टिमलालाई नौ हजार, द्धितियलाई छ हजार, तृतीयलाई चार हजार पांच सय र सान्त्वनालाई तिन हजार नगद,प्रमाणपत्र र ट्रफि पुरस्कार प्राप्त गरेकाछन ।

प्रतियोगितामा नीलकण्ठ नगरपालिकाका सामाजिक अध्ययन विषयगत समितिको संयोजक चिनामाया श्रेष्ठको अध्यक्षता तथा नीलकण्ठ नगरपालिकाका उप मेयर दिपक बिश्वकर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ

२ आश्विन २०७९, आईतवार २१:०६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस