|  

एमालेको एकता अन्तिम चरणमा, यस्तो भयो सहमती

९ श्रावण २०७८, शनिबार ०८:१५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं । एमालेका दोस्रो तहका नेताहरुले पार्टी एकताको काम अन्तिम चरणमा पुगेको दाबी गरेका छन् ।

अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल पक्ष आरोप–प्रत्यारोपमा उत्रिए पनि विघटित कार्यदलका सदस्यहरु बीचको निरन्तर छलफलबाट एकता अन्तिम चरणमा पुगेको बताएका छन् ।

ओली र नेपालबीच भेटवार्ता गराएर एकतालाई चाँडै सार्वजनिक गर्ने तयार भइरहेको विघटित कार्यदलका सदस्यहरुको भनाइ छ ।

‘एकताको काम अन्तिम चरणमा पुर्याएका छौं,’ कार्यदलका एक सदस्यले भने,‘ एकताको अस्त्र के हो भन्ने अहिले नै सार्वजनिक नगर्ने भन्ने छ । आजभोलि नतिजा आउँछ।’ समाचार आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

९ श्रावण २०७८, शनिबार ०८:१५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस