|  

गजुरीमा चैत १२ देखि २४ सम्म गजुरी महाेत्सव हुने

१९ फाल्गुन २०७७, बुधबार १६:५९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी/धादिङ
गजुरी धादिङमा यही चैत्र १२ गतेदेखि २४ गतेसम्म गजुरी महोत्सव हुने भएको छ । साना तथा मझौला व्यवसायी महासंघ धादिङले आयोजना गर्न लागेको महोत्सव स्थानीय वस्तुको निकासी एवं जिल्लामा लगानी तथा प्रबिधि भित्र्याउने उद्देश्य रहेको मेला आयोजक समितिका संयोजक समित श्रेष्ठले जानकारी दिनुभयो । मङ्गलबार गजुरीमा पत्रकार सम्मेलनको आयोजना गर्दै मेलाबारे जानकारी गराइएको हो । मेलामा जिल्लाभित्र र जिल्ला बाहिरका स्थानीय उत्पादनहरुको प्रचार प्रसारका साथै कृषिजन्य लघू, घरेलु तथा साना उद्योग प्रर्बद्धन गर्ने, उद्यमशीलता र प्रबिधि हस्तान्तरण गर्न सहयोग गर्ने लगायतका उद्देश्य राखिएका छन् । करिब १०० वटा स्टल रहने महोत्सवमा टिकटदर ६०÷८० रहेको छ । हेलिकप्टरबाट दृश्यावलोकन, विभिन्न खेल तथा मनोरञ्जन, कृषि प्रदर्शनी, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती मेलाका मुख्य आकर्षण रहने छन् । मेलाबाट प्राप्त आम्दानीलाई स्थानीय सरकारसँगको साझेदारीमा सामाजिक कार्यमा लगानी गर्ने समेत आयोजकले घोषणा गरेको छ।

१९ फाल्गुन २०७७, बुधबार १६:५९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस