|  

तपाईंको आज : आजको राशिफल

१९ श्रावण २०७८, मंगलवार ०७:१६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


वि.सं.२०७८ साल साउन १९ गते । मंगलवार । ईश्वी सन् २०२१ अगष्ट ०३ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । श्रावण कृष्णपक्ष । तिथि– दशमी, मध्यान्ह १२ बजेर २० मिनेट उप्रान्त एकादशी । नक्षत्र–रोहिणी, रातको ०२ बजेर ०४ मिनेट उप्रान्त मृगशिरा । योग– ध्रुव, रातको ०१ बजेर २७ मिनेट उप्रान्त व्याघात । करण– भद्रा,मध्यान्ह १२ बजेर २० मिनेट उप्रान्त बव,रातको ०१ बजेर २० मिनेट उप्रान्त बालव । आनन्दादिमा–मातंग योग । चन्द्रराशि–बृष । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर २८ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ४९ मिनेट । दिनमान ३३ घडी २४ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) परिवारका साथ मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुरेपनि खानपानको तालमेल नमिल्दा स्वास्थ्यमा समस्या आउनेछ । प्रेममा केहि असन्तुष्टि मिलाउदै बढ्न सकिनेछ । व्यापारमा मन्दी आउनेछ । बोलेको कुरा पुर्याउन नसक्दा सहकर्मी तथा आफन्तबाट तपाईको आलोचना हुनेछ । पढाइ लेखाइमा आत्तिने बानिले नतिजा आफ्नो पक्षमा पार्न मुस्किल पर्नेछ ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) ईमान्दारिता र मेहनेतले आत्म विश्वासमा बृद्धि हुनेछ । अध्ययनमा भनेजस्तो प्रगती गर्न सकिने हुनाले ज्ञानको भण्डार बढ्नेछ । प्रेममय वातावरणमा समय व्यातित गर्न पाउदा मन हर्सित हुनेछ । विशेष अवसरमा आकर्षक उपाहार प्राप्त हुनेछ । व्यापार व्यावसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने नयाँ लगानिको अवसर आउनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) आफन्त तथा अपरिचीत व्याक्तिको विस्वास गर्नाले धोका पाईनेछ । स्वास्थ्यमा समस्या आउने तथा उपचार खर्च बढ्नेछ । दैनिक खर्च बढ्ने तथा आर्थिक व्यावस्थापन गर्न नजान्दा दिन प्रतिकुल बन्नेछ । तरपनि विदेशी सामानको व्यापार तथा विदेशी सस्थामा काम गर्नेहरुको लागी समय उत्तम रहेकोछ । अध्ययन तथा कामको लागी छोटो दुरिको यात्रा गर्न सकिनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) अग्रजहरुको सहयोगले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । अध्ययनमा भनेजस्तो नतिजा हात लागी हुनेछ । प्रेममा सामिप्यता बढेर जानेछ । ईच्छा तथा चाहनाहरु पुरा हुने समय रहेकोछ । कार्यक्षेत्रमा तपाईँको कामको उचित मुल्याङकन हुनेछ । व्यापार व्यावसायमा लगानी बढाई मनग्गे धन आर्जन गर्न सकिनेछ ।

सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) व्यापार व्यावसाय फस्टाएर जाने हुनाले मनग्गे धन आर्जन गर्न सकिनेछ । कार्यक्षेत्रमा प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । ईमान्दारिता तथा लगनशिलताको उच्च मुल्याङकन हुनेछ । पढाइ लेखाइमा मन जाने तथा नतिजा हात पार्न सकिनेछ । प्रेमको डोरो कसिलो हुनेछ । राजनीतिज्ञ तथा समाजसेवीहरुले जनताको कामगरी पद प्राप्त गर्न सक्नेछन् ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) माया प्रेममा धोका हुनेछ भने आस्वासन बाढ्नेहरु सक्रिय हुनेछन् । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउनेछ । पढाइ रोकिन सक्छ ध्यान दिनुहोला । दैनिक काम बिचमै रोक्नु पर्दा आर्थिक भार पर्न सक्छ । व्यापार व्यावसायमा नाँफा कमाउन निकै नै समय खर्चनु पर्नेछ । तरपनि धार्मिक प्रतिष्ठान तथा मन्दीरको यात्रा गरी टिका तथा प्रशाद ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) आफन्त तथा दिदी बहिनीहरुले पनि सहयोग गर्ने छैनन् । अल्छि गर्ने बानिले काम बाकी रहनेछ भने शरिर स्वास्थ्य नहुनाले आलस्यता बढेर जानेछ । व्यापारमा लगानी गरीहाल्ने समय नरहेकोले केहि समय पर्खनु नै राम्रो हुनेछ । संकट व्यावस्थापनमा चालिएका कदमहरु निअर्थक हुनेछन् । गोप्य योजनाहरु बाहिरिन सक्छ ध्यान दिनुहोला ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) भौतिक सम्पती तथा विलाशी वस्तु प्राप्त हुने योग रहेकोछ । माया प्रेममा नजिक हुन सकिनेछ भने जीवन साथिको सहयोगले राम्रा तथा परिणाममूखि काम गर्न सकिनेछ । बन्द व्यापार फस्टाएर जाने तथा नयाँ ठाउँमा लगानी गर्ने अवसर जुर्नेछ । व्यावसायकै शवालमा लामो दुरिको यात्रा हुनेछ । पढाइ लेखाइमा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) विवाद,प्रतिस्पर्धामा तपाईको जित निश्चित रहेकोछ । अध्ययनमा मन जानेछ भने भनेजस्तो नतिजा हात पार्न सकिनेछ । माया प्रेममा रमाउन चाहने जोडीहरुका लागी समय उत्रम रहेकोछ । साहशिलो काम गरेर लाभ लिन सकिनेछ । अरुको सहयोग पाईने तथा आफन्तको बिश्वास जितेर काम गर्न सकिने हुनाले मन प्रशन्न हुनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) समय तथा प्रविधीको गतिलाई पछ्याउन नसक्दा प्रतिस्पर्धी हरु नै हावी हुनेछन् । खानपानमा ध्यान दिनुहोला पेट सम्वन्धी समस्या आउँन सक्छ । भौतिक सम्पती तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न । प्रेममा अविस्वास सिर्जना हुनेछ । पढाइ लेखाइमा कमजोर नतिजा आउने हुनाले ईष्टमित्र भन्दा पछी परिनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) आमा तथा आफन्तसँग मनमुटाव सिर्जना नहोला भन्न सकिन्न । व्यापारमा लगानी गरीहाल्ने समय नरहेकोला केहि समय पर्खनु नै राम्रो हुनेछ । माया प्रेममा धोका तथा शंका बढ्नेछ । राजनीति तथा समाजसेवी हरुका लागी समय मध्ययम रहेकोछ । घरजग्गा तथा सवारी साधनको प्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) पढाइ लेखाइमा भनेजस्तो प्रगती गर्न सकिनेछ भने खेलकुद वा पराक्रमी क्रिर्याकलापमा भाग लिई नाम तथा दाम दुवै कमाउन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । उद्योग तथा व्यापार फस्टाएर जानेछ । न्यायिक निर्णयहरु तपाईँकै पक्षमा हुनेछन् भने विवाद तथा प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ ।

तपाईँको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।

१९ श्रावण २०७८, मंगलवार ०७:१६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस