|  

र, म २ दिनमै घर फर्केको छु –डल्लाकोटी,अब काममा फर्कनुस –प्रचण्ड

२३ चैत्र २०७८, बुधबार ११:४४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


धादिङ । सोमवार एमाले प्रवेस गरेको २४ घण्टा नबित्दै माओवादी केन्द्र मै फर्किएका बेनीघाट गाउँपालिकाका अध्यक्ष पित्त बहादुर डल्लाकोटी ‘हरि’ ले बुधवार विहान खुमलटारमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड सँग भेट गरेका छन् । भेटमा दुई अध्यक्ष विच छलपफल भएको बताईएको छ । भेटमा बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्त बहादुर डल्लाकोटीले प्रचण्ड सँग भने ‘अध्यक्ष ज्यु, केहि मान्छेको परिबन्दमा परि बालकोट पुगें। यसमा मेरो गल्ती भो। तर मलाई मैले बनाको पार्टी, कार्यकर्ता र मलाई निर्वाचित गर्ने जनताले २ दिनसम्म छोडेनन, सुत्न नि दिएनन। मैले आज मेरा कार्यकर्ता र जनताप्रति गर्व गर्छु ।र, म २ दिनमै घर फर्केको छु’ । अध्यक्ष डल्लाकोटीको कुरा सुने पछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने ‘गल्ती गरे भनिसक्नु भो। अब काममा फर्कनुस’।
प्रचण्डको भेट पछि डल्लाकोटी नियमित रुपमा पार्टी संगठनमा काम गर्ने र जनताको सेवामा लाग्ने बताउनु भयो ।

२३ चैत्र २०७८, बुधबार ११:४४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस