|  

रेडक्रसको आयोजनामा आदर्श माध्यामिक बिधालय गजुरीमा डेँगी रोग सम्बन्धि अभिमुखिकरण तथा सचेतना कार्यक्रम सम्पन्न

११ आश्विन २०८०, बिहीबार १५:५१ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


नेपाल रेडक्रस सोसाइटी धादिङ जिल्ला शाखाको आयोजनामा आदर्श माध्यामिक बिधालयमा गजुरीमा स्वास्थ्य सम्बन्धि कार्यक्रम सम्पन्न गरेको छ।
गजुरी आदर्श मा.वि.मा युवा रेडक्रस सर्कल कमिटीका लगायत मा.वि.का विद्यार्थीहरुलाई राखेर डेँगी प्रतिकार्य कार्यक्रम अन्तर्गत अभिमुखिकरण तथा सचेतना कार्यक्रममा डेँगी रोग बाट कसरी बच्ने,रोग लाग्न नदिन के गर्ने,लक्षण केके,डेँगी ज्वरो आउन लाग्दा देखा पर्ने लक्षण लामखुट्टे कहाँ बाट उत्पादन हुन्छ जस्ता बिषयमा स्वास्थ्य सम्बन्धि सचेतता कार्यक्रममा धादिङका यु.रे.स.निलकण्ठ बहुमुखी क्याम्पस धादिङका सह -सचीव रोशन बयलकोटी,सदस्य प्रतिमा अर्याल,सदस्य जानुका न्यौपाने,सदस्य आकृती थापाबाट स्वास्थ्य सम्बन्धि ज्ञान दिनुभएको छ।
गजुरी आदर्श मा.वि.मा गजुरी का अभिभावक संघका अध्यक्ष कुलबहादुर (गम्भीर) दुवाडी,युवा रेडक्रस सोसाइटीका सभापति ज्वारीलाल पाठक,आदर्श बहुमुखी क्याम्पस गजुरीका स्ववियु सभापति/यु.रे.स.का सभापति गणेश पाण्डे,आदर्श मा.का शिक्षक नायक रिता पाण्डे लगायत विद्यार्थीहरुको उपस्थितमा स्वास्थ्य सम्बन्धि अभिमुखिकरण तथा सचेतना कार्यक्रम कार्यक्रम सम्पन्न भएको छ।

११ आश्विन २०८०, बिहीबार १५:५१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस