|  

प्राविधिक धारका विद्यार्थीलाई गजुरी गाउँपालिकाको ७ लाख छात्रवृत्ति

१५ आश्विन २०८०, सोमबार १७:४९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी गाउँपालिकाले प्राविधिक धार तर्फ अध्ययन गर्ने विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । सोमवार धादिङ बहुप्राविधिक शिक्षालयमा एक कार्यक्रमको आयोजना गरि गाउँपालिकाले छात्रवृत्ति बापतको रकम बराबरको चेक शिक्षालयका निमित्त प्रमुख डा. विवेक अधिकारीलाई गाउँपालिकाका अध्यक्ष गणेशलाल क्षेष्ठले चेक हस्तान्तरण गर्नुभएको हो । गाउँपालिकाले गजुरी भित्रका ३५ जना विद्यार्थीको लागि जनहि २० हजारका दरले सात लाख रुपैंया हस्तान्तरण गरेको गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाले श्रेष्ठले बताउनु भयो । शिक्षाले व्यवहार र व्यवसायीक बनाउनको लागि प्राविधिक शिक्षामा गाउँपालिकाले लगानी गरेको अध्यक्ष श्रेष्ठले बताउनु भयो । ‘गाउँपालिका सरकार शिक्षामा गुणस्तर कायम गर्न र रोजगारमुलक शिक्षा प्रदान गर्न लगानी गर्न तयार छ ।’ अहिलेका विद्यार्थीले पढ्दै कामाउँदै गर्ने वातावरण निर्माण गर्न गाउँपालिका लागि परेको छ । ’
कार्यक्रम गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठको अध्यक्षतामा भएको थियो भने गजुरीका गाउँपालिकाको प्रवत्ता बद्रि जम्कटेल, वडाध्यक्षहरु तारा भण्डारी, गोविन्द लामिछाने, द्रोण कँडेल र देवराज ओझा तथा प्रमुख प्रशासकिय अधिकृत राजु अधिकारी लगायतको सहभागीता रहेको थियो । धादिङ बहुप्राविधिक शिक्षालय गजुरीमा पशु र वालीविज्ञान विषयमा अध्यापन/अध्यापन हुँदै आएको छ ।

धादिङ बहुप्राबिधिक पढ्ने विद्यार्थीहरुको लागि बागमती प्रदेशका मानननिय मुख्यमन्त्री शालिकराम जम्कटेल ज्युबाट छात्राबास भवनको समेत उदघाटन गरेका थिए।यहाँ प्राबिधिक शिक्षालयमै पढेर अहिले सम्म पास आउट भएका २८ जना रोजगारीमा समेत जोडिसकेका छ्न।

१५ आश्विन २०८०, सोमबार १७:४९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस