|  

मिसेस नेपाल वर्ल्ड २०२३ मा सीता सुबेदीको सशक्त उपस्थिति

१३ कार्तिक २०८०, सोमबार ०८:४० प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौँ । अहिले अन्तिम चरणमा चलिरहेको मिसेस नेपाल वर्ल्ड २०२३ मा सीता सुबेदीले भिन्न तर सशक्त रुपमा आफ्नो उपस्थिति जनाइरहेकी छिन् । सीता नेपाली बिषय र संगीत बिषयमा स्नातकोत्तरकी अब्बल बिध्यार्थी हुन् ।

पेशागत रुपमा संगीतमा र स्थापित एक खुट्टा शास्त्रीय नृत्यांगना सीता सुवेदी ग्लामरमा पनि जीवनलाई हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छ भन्ने मान्यताका साथ ब्युटी पेजेन्टमा उत्साही भएर सहभागी छिन् ।

उनी भन्छन्, ‘यो अवसरले अपांगता भएका ब्यक्तिमा पनि समान अवसरको वातावरण भए सहज रुपमा समाजमा सहजताको अभ्यास हुनुका साथै जीवनलाई सुन्दर तरिकाले हेर्ने सभ्यताको शुरूवात बन्न गएको र समाजमा सकारात्मक धारणाको बिकास हुने देखिन्छ। नारी सभ्यताको जननी हो साथै हरेक तरिकाले जीवन सकारात्मक रहन्छ भन्ने आवाजको अभ्यास पनि हो। म नारीको आवाज बन्ने प्रयासमा रहने छु। महिला दिदिबहिनीमा क्यान्सर सचेतनाको लागि दियो बाल्ने प्रयास गर्नेछु।’

१३ कार्तिक २०८०, सोमबार ०८:४०  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस