|  

‘दिमाग खराब’को गीत ‘हितैको माया’ सार्वजनिक (भिडियोसहित)

१३ कार्तिक २०८०, सोमबार ०८:५२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौँ । निश्चल बस्नेत निर्देशित प्रतिक्षित सिनेमा ‘दिमाग खराब’को नयाँ गीत सार्वजनिक गरिएको छ । ‘हितैको माया’ बोलको गीतमा जयन जे सुब्बाको शब्द रचना तथा संगीत र सुगम पोखरेल र इन्दकला राईको स्वर रहेको छ ।

सिनेमाका मुख्य अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री स्वस्तिमा खड्का र रमा थपलियालाई सार्वजनिक गीतको भिडियोमा फिचर्ड गरिएको छ। गीतको अडियो र भिडियो सशक्त लाग्छ ।

सार्वजनिक गीतले दर्शकलाई सिनेमा हेर्न उत्सुकता पैदा गर्ने देखिन्छ । गीतका शब्द पनि मार्मिक सुनिन्छ । जसले दर्शकको मन छुने अनुमान गर्न गाह्रो पर्दैन। चप्पल विनाका खगेन्द्रलाई बोकेर हिँडेका दयाहाङको मित्रताको दृश्यले मन छुन्छ ।

सिनेमाको यसअघि सार्वजनिक पोस्टर, टिजर, गीत र ट्रेलरले दर्शकमाझ निकै राम्रो हाइप निर्माण गरेको छ । जसको प्रभाव आगामी कात्तिक २४ गतेबाट हलमा देखिने विश्वास निर्माण टिमको छ ।

सिनेमा कात्तिक २४ गते नै नेपाल बाहेक विश्वभरका धेरै देशमा रिलिज हुँदैछ । एमएसएम इन्टरटेनमेन्ट सिनेमालाई विश्वभर रिलिजको जिम्मेवारी लिएको छ।

१३ कार्तिक २०८०, सोमबार ०८:५२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस